site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
१५ एसएसपीका लागि ३५ एसपी प्रतिस्पर्धामा, भण्डारीको स्थानमा को बन्ला डीआईजी ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेका १५ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) का लागि ३५ जना प्रहरी उपरीक्षक (एसपी) बीच प्रतिस्पर्धा हुने भएको छ । पछिल्लो ४ महिनादेखि नेपाल प्रहरीमा १५ जना एसएसपी र एकजना डीआईजीको पद रिक्त छ । 

गृह मन्त्रालय स्रोतका अनुसार आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नियमावली २०७१ को नियम २८ (१) तत्कालका लागि लागु नहुने निर्णय गरेसँगै एसपी र एसएसपी बढुवाको बाटो खुलेको हो । प्रहरी नियमावली २०७१ को नियम २८ (१) अनुसार प्रहरी सेवाको रिक्त पदमा बढुवाद्वारा पदपूर्ति हुने पदको उम्मेदवार हुन बढुवा हुने श्रेणी वा तहभन्दा एक श्रेणी मुनिको पदमा चार वर्ष सेवा अनिवार्य हुने प्रावधान थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यो प्रावधानअनुसार एसपीबाट एसएसपी हुन लागेकाहरुको ४ वर्ष अगामी फागुन १० गते पुग्न लागेको थियो । तर, लामो समयसम्म एसएसपीको दरबन्दी रिक्त हुँदा चेन अफ कमाण्डदेखि अन्य कार्यमा असर परेको भन्दै प्रहरी प्रधान कार्यालयले बढुवाको बाटो खोल्न माग गर्दै नियमावली संशोधनको माग गर्दै आएको थियो । ‘‘अब बढुवाका लागि आवश्यक प्रक्रिया सुरु गरिनेछ । मन्त्रीपरिषद्को निर्णयसँगै प्रहरीमा रोकिएका बढुवाका कामहरु छिटै सुरु हुनेछन्,’’ एक प्रहरी अधिकारीले भने ।

एसएसपीबाहेक एकजना डीआईजीका लागि पनि प्रतिस्पर्धा हुनेछ । डीआईजी सुशील भण्डारीको दुर्घटनामा निधन भएपछि उनको स्थानमा एकजना डीआईजी राख्ने तयारी भएको प्रहरी मुख्यालय स्रोत बताउँछ । एसएसपीमध्येबाट नै एकजना डीआईजीमा बढुवा हुनेछन् । 

Global Ime bank

को को छन् एसएसपीका प्रतिस्पर्धी ? 
एसएसपीको दौडमा ३५ एसपी छन् । उनीहरुमध्येबाट १५ जनामात्रै बढुवा भएर एसएसपी बन्नेछन् । समान्यतया रोलक्रममा रहेकाहरु नै बढुवाको सूचीमा अगाडि आउँछन् । तर, एकै मितिमा भर्ना र बढुवा भएकाको हकमा भने बढुवामा तलमाथि हुने सम्भावना पनि रहन्छ । विगतका नजिर हेर्दा बढुवामा व्यापक फेरबदल भएको पाइन्छ । अहिलेकै अवस्थामा एसपीबाट एसएसपीमा बढुवा हुने प्रतिस्पर्धीहरुमा रामदत्त जोशी, नरेन्द्रप्रसाद उप्रेती, भरतबहादुर बोहरा, सन्दीप भण्डारी, मीरा चौधरी थारू, दुर्गा सिंह, टेकप्रसाद राई, वसन्तबहादुर कुँवर, विष्णुकुमार केसी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, किरण बज्राचार्य छन् ।

यस्तै मुकेशकुमार सिंह, सुरेन्द्रप्रसाद मैनाली, दीपक थापा, पोषराज पोखरेल, रवीन्द्र केसी, नवराज भट्ट, उमेशराज जोशी, भीमप्रसाद ढकाल, अशोक सिंह, हृदय थापा, कुबेर कडायत, केदार ढकाल, लालमणि आचार्य, जनकराज पाण्डे, गोविन्दकुमार शाह, सुदीप गिरी, टेकबहादुर तामाङ, जनक भट्टराई, कृष्णकुमार महत, किरण राणा, अर्जुनचन्द ठकुरी, बुद्धिराज गुरुङ, राजेशनाथ बाँस्तोला पनि एसएसपी बढुवाको दौडमा छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ३०, २०७५  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC