site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘मर्दलाई बढी दर्द’
Ghorahi CementGhorahi Cement

टोरन्टो । हामीले शदियौँदेखि सुन्दै आएका छौँ– ‘मर्दलाई दर्द हुँदैन ।’ तर, यथार्थ योभन्दा फरक रहेको पछिल्लो एक अध्ययनले पुष्टि गरेको छ । महिलाले कुनै पनि खालको दर्द छिटो भुल्न सक्ने, तर पुरुष भने लामो समयसम्म दर्दबाट पीडित भइरहने अध्ययनले देखाएको हो ।

क्यानडाको युनिभर्सिटी अफ टोरन्टो मिस्सिसागा (यूटीएम) का अनुन्धानकर्ताहरुका अनुसार महिला र पुरुष आआफ्नो पीडासँग जोडिएका अनुभवहरुलाई भिन्नभिन्न तरिकाले सम्झिरहन्छन् । पुरुषको जीवनमा परेको वज्रपातले उसलाई लामो समयसम्म तनाव दिइरहन्छ भने महिलामाथि परेको दुःखद घटनालाई उनीहरु कम समयमै भुल्न सक्छन् । यसको अर्थ कुनै पनि पीडाले पुरुषलाई मात्र बिथोल्ने भन्ने कदापि होइन, तर त्यसले पार्ने असरको मात्रा भने फरक रहेको पाइन्छ । महिलामा आफ्ना तमाम पीडा लुकाएर पनि हाँस्न वा जीवन अगाडि बढाउन सक्ने क्षमता हुन्छ । 

Agni Group

पुरुषलाई जब पुरानो दर्दले सताउन थाल्छ, तब उनीहरु तनावले ग्रसित बन्छन्, हाइपरसेन्सेटिभ हुन थाल्छन् । तर, महिला कहिल्यै पनि पुराना दर्द स्मरण गरेर तनावमा रहँदैनन् । यो अध्ययनका क्रममा प्रयोग गर्दा मान्छेका साथै मुसामा पनि गरिएको थियो । अनुसन्धानका क्रममा विशेष कोठामा महिला र पुरुषलाई राखिएको थियो र तापका माध्यमबाट ‘लो लेवल’को दर्द महसुस गराइएको थियो । त्यसबखत महिलालाई भन्दा पुरुषलाई बढी दर्दको महसुस भएको पाइएको थियो । पुरुष अघिल्लो दिनको पीडा सम्झिरहेको थियो भने महिलालाई कुनै पनि पुराना दर्दको सम्झना भएको थिएन । 

अनुसन्धानकर्ताहरुले पुराना घटनाबाट मान्छेहरु कसरी पीडित हुन्छन्, त्यस्तो अवस्थामा पु¥याउने तत्व केके हुन् भन्ने पनि अध्ययन गरेका थिए । समग्रमा यस अध्ययनबाट पुरुषलाई पुराना पीडाबाट छुट्कारा पाउन गाह्रो पर्ने वा पुरुष दर्दबाट धेरै पिरोलिने देखियो भने तुलनात्मक रुपमा महिला कुनै पनि खालका पीडाबाट चाँडो मुक्त हुन सक्ने पुष्टि भएको छ । एजेन्सी   
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २, २०७५  ०६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC