site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
आइभोरी कोस्टका पूर्वराष्ट्रपतिलाई रिहा गर्न आदेश, अन्तर्राष्ट्रिय अदालतको आस्थामाथि धक्का
Sarbottam CementSarbottam Cement

हेग । अन्तर्राष्टिय फौजदारी अदालत (आइसीसी) मा आइभोरी कोस्टका पूर्वराष्ट्रपति लरेन्ट ग्बाग्बो विरुद्ध मुद्धा परेकोमा उनले नै सो मुद्धा जितेपछि अन्तर्राष्ट्रिय स्तरमा सो अदालतबारे गरिँदै आएको अपेक्षामा ग्रहण लाग्न पुगेको छ । ७३ वर्षीय लरेन्लाई करिब ७ वर्ष नियन्त्रणमा लिइएकोमा मंगलबार हेगस्थित सो अदालतले रिहाको आदेश दिएको हो । 

पूर्वराष्ट्रपति विरुद्ध  मानवताविरोधी काम गरेको भन्दै अभियोग लागेको यो पहिलो घटना थियो । कतिपय पदमै रहँदा भने परेका थिए । उनलाई सन् २०१०को निर्वाचका समयमा आइभोरीकोष्टमा  भएका घटनालाई लिएर सो अभियोग लगाइएको थियो । सन् २०१० र २०११का बीचमा आइभोरीकोस्टमा रक्तपातपूर्ण अवस्था सिर्जना भएको थियो । 

सो समयमा ३हजार मानिस मारिनुका साथै ५ लाख विस्थापित भएका थिए । उनलाई सन् २०११मा नियन्त्रणमा लिइएको थियो । त्यतिबेला उनलाई राष्ट्रपति निवासको बंकरबाट संयुक्त राष्ट्रसंघको पहलमा सहयोगी फ्रेन्च सेनाको मद्यतबाट नियन्त्रणमा लिइएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

विश्वकै सबैभन्दा ठूलो परिमाणमा कोकोआ उत्पादक राष्ट्रको रुपमा चिनिएको आइभोरीकोस्टमा भएको त्यतिबेलाको चुनाव आम रुपमा अस्वीकार गरिएको थियो । त्यसक्रममा भएको हिंसा झण्डै ५ महिना लम्बिएको थियो । त्यो ५ महिना रक्तपातपूर्ण थियो । 

देशको दक्षिणी भागमा विपक्षी अबिदजानलाई हत्याको प्रयास गरिएको थियो । पश्चिमी शहर डुकोऊमा आमहत्या नै भएको थियो । ग्बाग्वोका अभियोजकले जनाएअनुसार ती घटनाका बाबजुद उनी जसैगरी सत्तामा बस्न चाहे । उनी माथि त्यही भएर मानवताविरोधी अपराध,हत्या, बलात्कार र यौनजन्य हिंसा जस्ता कुराको अभियोग लगाइएको हो । 

Global Ime bank

उनले आफूमाथि लगाईएको आरोप अस्वीकार गरेका थिए । ती गतिविधि राजनीतिक कारणले अभिप्रेरित भएको उनले बताएका थिए । आइसीसीका न्यायाधीशले मंगलबार अभियोगका बारेमा प्रमाण नजुटेका कारण  तत्काल रिहाइको आदेश दिएका थिए । 
इजलासमा बसेका न्यायाधीश कुनो टारफुसरले ती अपराधका लागि ग्बाग्बोले सार्वजनिक रुपमा दिएका निर्देशन पनि भरपर्दा नभएको जनाएका थिए । 

अदालतको आदेशपछि ग्बाग्बो  समर्थकले खुसीयाली व्यक्त गरेको जनाइएको छ । उनका एक जना समर्थक फ्रान्सको पेरिसदेखि हेग  पुगेका थिए । उनले एएफपीलाइ भने, ‘‘म धेरै नै खुसी छु । अन्त्यमा त्यहाँ न्याय भएको छ ।’’ तर, हिंसापीडित जनताले भने त्यसको विरोध गरेका छन् । 

‘‘यदि उनी रिहा भएपनि हामीले न्याय देख्ने छैनौं ’’ करिम काउलीबेलीले भने । उनलाई हिंसाको क्रममा गोली हानिएको थियो । उनको पाखुरा नै काटिएको छ । ‘‘म एक डाइभर थिएँ तर म अहिले बेरोजगार भएको छु । म पुन सहमतिको विपक्षमा छैन । तर हामीलाई न्याय चाहिन्छ ’’ उनले भने ।  आमहत्याको घटना नै आइसीसीमा ‘कोल्याप्स’ हुनु भनेको अन्तर्राष्ट्रिय न्यायका लागि प्रभावकारी र विश्वस्नीय निकायका रुपमा मानिएको यसमाथिको सर्बसाधारणको आस्थामा नै धक्का लाग्ने अवस्था भएको विज्ञहरुको भनाइ छ । 

आइसीसीमा कंगोका उपराष्ट्रपति जीन पियरे  बेम्बा र केन्याका राष्ट्रपति उहुरु केन्याता विरुद्धको अभियोजनपनि असफल भएको थियो । अर्कातर्फ यस खालका गतिविधिका कारण यस्तो आदेशमा न्यायाधीशका गतिविधिबारेमा पनि प्रश्न उठ्न थालेको छ । संसारका थुप्रै घटनामा आइसीसीले  लामो हात गर्न सक्छ भनेर यसअघि देखि गरिँदै आएको विश्वासमा पनि क्रमशः संकट उत्पन्न हुन थालेको जस्टीस ट्रिब्युनका लेखक जानेट एन्डर्सनले बताए ।  (बीबीसीको रिपोर्टमा आधारित)
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २, २०७५  ०८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC