site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘हामी’को ६३औं श्रृंखलामा सुनिए रुपेश र प्रज्जवल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नयाँ तथा पुराना कविहरुलाई कविता वाचनका लागि मञ्च प्रदान गर्दै आएको ‘हामी’ कविताको मासिक श्रृंखलामा माघको पहिलो दिन कविहरु रुपेश श्रेष्ठ र प्रज्जवल अधिकारी प्रस्तुत भए । दुवै कविले आफ्ना आठ–दश वटा कविता वाचन गरे । 

काठमाडौंको कालिकास्थानस्थित सर्वनाम नाटक भवनमा मंगलबार आयोजित हामी कविताको प्रारम्भमा कवि प्रज्जवल अधिकारीले आफ्ना केही लामा छोटा कविता सुनाए । उनले ‘माखो’ शीर्षकको कविता वाचन गरे–

Prabhu Bank
Agni Group
NIC Asia

एउटा माखो यता उता उडिरहेछ
दूर्गन्ध फैलाई रहेछ
म मार्न खोजी रहेछु 
सकिरहेको छैन 
मेरो हातमा बन्दुक छ 
तर पनि अशमर्थ छु म
यतिबेला उ 
मेरो देशको निधारमा गएर बसेको छ ।

यसका अतिरिक्त उनले बैराग, छाउपडी, रहर, अतिथि देवो भवः, आमाको दीक्षान्तमा, मौन युद्ध, निदाउलान् त अभि लगायत शीर्षकका कविता वाचन गरे ।
कार्यक्रमको दोस्रो चरणमा कवि रुपेश श्रेष्ठले पहिलो कविता सुनाए, ‘एक पुरुषको वकपत्र’ ।

कक्षा एकमा नम्बर एकमा 
कक्षा कार्य सकेर 
जब सानले माडसा’बको टेबुलमा कापी अघि सारेँ
चस्माको डील माथि सारेर घुरेर माडसाबले भन्नु भयो
हट् । लेडिज् फस्र्ट 
हो, त्यै दिनबाट जिन्दगीका हरेक लाईनहरुमा 
अन्तिममा उभिने गरेको पुरुष हुँ म ।

Global Ime bank

यो कवितसँगै कवि रुपेशले देउता रिसाएको बेला, म त रात हुँ, स्टालिनहरु, छोरा घर त गयो, तिर्खा, समुद्र किनार लगायत शीर्षकका कविताहरु प्रस्तुत गरे ।
लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिर र सर्वनामको संयुक्त आयोजनामा हरेक महिनाको पहिलो दिन आयोजन हुँदै आएको हामी कविता वाचन श्रृंखलाको ६३औं भागमा कविता वाचन गर्न आएका कविहरुलाई सर्वनामका प्रमुख अशेष मल्लले स्वागत गरेका थिए ।
हामीको ६३औं अंक प्रस्तुत भइसक्दा हामी कहाँ कविता वाचन र सुुन्ने संस्कृतिको विकास भएको अशेष मल्ल बताउँछन् । बाह्रखरीसँग कुरा गर्दै मल्लले भने, ‘कविको मात्रै होइन, कविता सुन्ने दर्शकको लेभल पनि उस्तै रहेको अहिलेका कविता र दर्शकको उपस्थितिले देखाएको छ । जे होस्, कवितालाई सम्मान गर्ने अवस्था आएको छ भन्न सकिन्छ ।’
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २, २०७५  १२:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC