site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मोडल ‘कान्छीमाया’ को चरेश धन्दा– अगरबत्तीमा बेरेर नेपालदेखि हङकङसम्म !
Sarbottam CementSarbottam Cement

काठमाडौं । मोडल कान्छीमाया घले १४ किलोग्राम चरेशसहित पक्राउ परेकी छिन् । नुवाकोट चिसाङ–८ घर भएकी २९ वर्षीया घले काठमाडौंको सुन्धारास्थित वैदेशिक हुलाक भन्सार कार्यालयबाट पक्राउ परेकी हुन् । 

लागु औषध नियन्त्रण ब्यूरोको टोलीले कान्छीमायालाई बौद्ध धर्मावलम्बीहरुले प्रयोग गर्ने अगरबत्तीमा बेरेर हुलाकबाट पार्सल गर्न लागेको अवस्थामा पक्राउ गरेको हो । कान्छीमायाले केही म्युजिक भिडियोमा अभिनय गरेको र व्यावसायिक रुपमा डान्स गर्दै आएको प्रहरीले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

लागुऔषध नियन्त्रण ब्यूरोका डीआईजी दिनेश अमात्यले भने,‘‘अगरबत्तीमा चरेश ¥यापिङ गरेर पठाएको यो तस्करीको नयाँ शैली हो । हामीलाई शंका लागेपछि चेकजाँच गर्दा पार्सल गरिरहेको अवस्थामा फेला पारेका हौं ।’’ बरामद भएको चरेश हङकङ पठाउन लागिएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । 

‘‘कान्छीमायाले आफैँले चरेशको अवैध धन्दा गर्न लागेको साबिती बयान दिएकी छिन् । तर यसबारे अनुसन्धान जारी छ । चरेश कसले मगाएको थियो ? अनुसन्धानकै क्रममा छौं,’’ उनले भने । नेपालको विमानस्थल प्रयोग गरेर चरेश तेस्रो मूलुक पठाउन लागेको यो नयाँ शैलीको तस्करी भएको ब्यूरोले जनाएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २, २०७५  १६:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC