site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बुद्धले वैशाख २ बाट काठमाडौं–कोलकाता उडान गर्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले आगामी वैशाख २ गतेबाट भारतको कोलकाता उडान सुरु गर्ने घोषणा गरेको छ ।

बुद्धले ७२ सिट क्षमतायुक्त ‘एटीआर७२–५००’ सिरिजका जहाजबाट साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार कोलकाताका लागि नियमित उडान गर्ने घोषणा गरेको हो । बुद्धको जहाजबाट काठमाडौं–कोलकाताको उडान दुरी १ घन्टा ४० मिनेटको हुनेछ । यो रुटमा हाल भारतको सरकारी वायुसेवा एयर इन्डियाले उडान गरिरहेको छ । बुद्धको प्रतिस्पर्धा एयर इन्डियासँग हुनेछ ।

“भारतीय पर्यटक लक्ष्य गरी कोलकाता उडान गर्न लागेका हौं,” कोलकाता उडान घोषणा गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा बुद्धका प्रबन्धक निर्देशक वीरेन्द्रबहादुर बस्नेतले भने, “हामी सकेसम्म बिहान सबेरै उडान गर्ने योजनामा छौं र त्यहीअनुसार भारतसँग अनुमति मागेका छौं । यसमा अधिकतम आधा घन्टा तलमाथि हुनसक्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

बस्नेतका अनुसार सन् २०१७ मा २ करोड ४० लाख भारतीयले विभिन्न देश भ्रमण गरेका थिए । तीमध्ये १ लाख ६० हजार नेपाल आइपुगेका थिए । सन् २०२५ मा ४ करोड २० लाख भारतीय पर्यटक विदेश घुम्न जाने अनुमान भारत सरकारको छ । यही संख्या लक्ष्य गर्दै उडान सुरु गर्न लागिएको हो ।

“अन्तर्राष्ट्रिय उडान गर्न उपयुक्त रणनीति भएन भने अतिजोखिमपूर्ण हुनेछ र यसका उदाहरण स्वदेश तथा विदेशमा धेरै छन्,” बस्नेतले भने, “त्यसकारण हाम्रो रणनीति परीक्षण गर्न कोलकाताका लागि एटीआर७२–५०० जहाज प्रयोग गर्ने छौं जसले खर्च र घाटा न्यूनीकरण गर्ने छ किनभने हामीले हाल सातामा ८ सय उडान–अवतरण गरिरहेका छौं र कोलकातामा सातामा ६ उडान–अवतरणमात्र हुनेछ ।”

Global Ime bank

कोलकाता उडान सफल भयो भने २०७७ साल भदौबाट दक्षिण एसियाका विभिन्न महानगरमा जेट जहाजबाट उडान सञ्चालन गर्ने योजना रहेको बस्नेतले जानकारी दिए । “हामी आन्तरिक उडानमा स्थापित कम्पनी भइसक्यौं, त्यसकारण अन्तर्राष्ट्रिय उडान गर्नु हाम्रो कर्तव्य हो,” उनले भने, “कोलकातामा सस्तो भाडा दरमा प्रतिस्पर्धा गर्दै उडान गर्ने छौं ।”

बुद्धले आफ्नो ट्राभल कम्पनी बुद्ध होलिडेजमार्फत ‘प्याकेज’ बनाएर कोलकातामा बजारीकरण गरिरहेको छ । “हामी पछिल्लो केही समयदेखि कोलकातामा आक्रमक बजारीकरण गरिरहेका छौं,” बुद्ध होलिडेजकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) आस्था बस्नेतले भनिन्, “बुद्धको कोलकाता उडानमा हाम्रो प्याकेजले महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ ।”

बुद्धले सन् २०१८ मा २०१८ मा १४ लाख ५ हजार १ सय ६१ यात्रुलाई गन्तव्य पुर्‍याएको थियो । यो संख्या अघिल्लो वर्ष २०१७ मा १३ लाख १४ हजार ८ सय ६७  पुगेको थियो । २०१६ मा १० लाख १६ हजार ६ सय ३३, २०१५ मा ७ लाख ४६ हजार १ सय ९७ र २०१४ मा ७ लाख ४९ हजार ८४ यात्रु बोकेको थियो ।

बुद्धसँग हाल फ्रान्सको एटीआर कम्पनीमा निर्मित ७२ सिट क्षमताका ६ थान ‘एटीआर७२–५००’, ४७ सिट क्षमतायुक्त तीनवटा ‘एटीआर४२–३२०’ तथा १८ सिट क्षमताका दुईवटा ‘बिचक्राफ्ट–१९००डी’ सिरिजका जहाज छन् । 

हाल बुद्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, भद्रपुर, पोखरा, धनगढी र तुम्लिङटार गन्तव्यका लागि दैनिक करिब तीन दर्जन उडान गरिरहेको छ । त्यसैगरी काठमाडौंबाट ‘माउन्टेन फ्लाइट’ र पोखरा विमानस्थलबाट ‘अन्नपूर्ण माउन्टेन फ्लाइट’ पनि गरिरहेको छ । त्यस्तै विराटनगरबाट तुम्लिङटार, पोखराबाट भरतपुर र भैरहवा उडान पनि गरिरहेको छ ।

बुद्धले सन् २०२१ अगस्ट १ देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गत वर्ष नै गरेको थियो । अन्तर्राष्ट्रिय उडान भने पब्लिक कम्पनीमार्फत गर्ने र यसका लागि ३० प्रतिशत सेयर आफू लिएर बाँकी ७० प्रतिशत पब्लिकलाई दिने योजना उसको छ । 

पोखरामा निर्माण भइरहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तयार हुनासाथ अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तथा त्यहाँबाट पहिलो चरणमा भारत र चीनका केही सहरमा उडान गर्ने बुद्धको तयारी छ । बुद्धले अमेरिकी जहाज निर्माता कम्पनीमा निर्मित ‘बोइङ ७३७म्याक्स’ सिरिजका जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्ने योजना बनाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २, २०७५  १७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC