site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कीर्तिमानी आठौं उपाधिका लागि युभेन्टस र मिलान भिड्दै
Sarbottam CementSarbottam Cement

एजेन्सी  । युभेन्टस र एसी मिलानले आज राती सुपरकोपा इटालियनाको उपाधिका लागि खेल्दैछन् । इटालीयन फुटबलका महारथी दुबै टोली अहिले कीर्तिमानी आठौं उपाधिका लागि साउदी अरेबिया भ्रमणमा छन् । 

सुपरकोपा इटालियनामा इटालियन सिरी ‘ए’ विजेता र कोपा इटालियाको विजेताले प्रतिस्पर्धा गर्नेछन् । पछिल्लो समय इटालियन फुटबलमा राज गरेको युभेन्टस सिरी ‘ए’ विजेता हो भने मिलान कोपा इटालियाको उपविजेता हो । गत सिजन कोपा इटालियाको उपाधि पनि युभेन्टसले जितेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

यो प्रतियोगितामा युभेन्टस र मिलानले बराबरी ७/७ पटक उपाधि जितेका छन् । पछिल्लो पटक कतारको दोहामा दुई टोली आमने सामने हुँदा मिलानले टाइब्रेकरमा युभेनटसलाई ४–३ ले हराउँदै उपाधि जितेको थियो । युभेन्टस अघिल्लो सिजन पनि लाजियोसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । युभेन्टसले यो प्रतियोगिताको उपाधिका लागि खेल्न लागेको यो लगातार सातौं पटक हो । 

“हामी पछिल्लो दुई वर्ष मिलान र नेपोलीसँग पेनाल्टी सुटआउटमा पराजित भयौं । आशा छ बुधबार राती हामी फरक नतिजा निकाल्छौं,” युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले भने, “सिरी ए मा हामी २२ अंकले अगाडी छौं । तर यहाँ त्यसको अर्थ हुदैन । लिग र यो फरक खेल हो । आशा छ खेल अतिरिक्त समयसम्म लम्बिदैन ।”

Global Ime bank

पछिल्लो समय लिगमा गरेको प्रदर्शन हेर्ने हो भने युभेन्टस उपाधिको बलियो दाबेदार हो । पछिल्लो पटक गत नोभेम्बरमा पनि युभेन्टसले सान सिएरोमै मिलानलाई २–० ले पराजित गरेको थियो । उक्त खेलमा मारियो मान्जुकिच र क्रिष्टियानो रोनाल्डोले गोल गरेका थिए ।

इटालियन सिरी ‘ए’ मा युभेन्टस अहिलेसम्म अपराजित रहेको छ । लिगमा साविक विजेता युभेन्टस शीर्ष स्थानमा छ भने मिलान पाँचौं स्थानमा छ । मिलानले १९ खेलमा ७ बराबरी खेलेको छ भने ४ खेलमा पराजय बेहोरेको छ । तथापी मिलानले पछिल्लो पाँच खेलमध्ये १ खेलमा मात्र पराजित भएको छ । 

तथापी चोटका कारण मारियो मान्जुकिच बुधबार राती टोलीमा उपलब्ध हुनेमा शंका छ । युभेन्टसमा हुवाँ कोउड्राडो र आन्द्रेय बरजाग्ली पनि टोलीमा हुनेछैनन् । युभेन्टसले कोपा इटालियामा बोलोग्नाविरुद्ध खेल्दा टोलीमा व्यापक परिवर्तन गरेको थियो । त्यसैले यस प्रतियोगिताको फाइनलका लागि पनि युभेन्टसले टोलीमा परिवर्तन गर्ने विश्वास गरिएको छ । पछिल्लो ६ खेलमा मिलानले युभेन्टसलाई हराउन सकेको छैन ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २, २०७५  १७:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC