site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
थ्री स्टार खप्तड गोल्डकपको फाइनलमा 
Ghorahi CementGhorahi Cement

काठमाडौं । रुपेश केसी र सुनिल बलले दोस्रो हाफमा गरेको गोलमा थ्री स्टारले बुधबार मेची नेत्रालय काकडभिट्टा फुटबल तालिम केन्द्रलाई २–० ले हराउँदै सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा स्थान बनाएको छ । 

थ्री स्टारले अब उपाधिका लागि शनिबार नेपाल पुलिस क्लब र संकटाबीचको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ । धनगढी रंगशालामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६९औं मिनेटमा रुपेशले गरेको गोलमा थ्री स्टारले अग्रता लियो । रञ्जन बिष्टले दिएको पासलाई रुपेशले हेडमार्फत गोल गरेका थिए । खेल सकिन ९ मिनेट बाँकी छदाँ थ्री स्टारले अग्रता दोब्बर बनाएको थियो । 

Agni Group

काकडभिट्टाका विकास राईले रञ्जन विष्टलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि थ्री स्टारले फ्रिकिकको अवसर पाएको थियो । सुनिलले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै ललितपुरे क्लबको फाइनल यात्रा पक्का गरेका थिए ।  

थ्री स्टारलाई फाइनलमा पुयाउन महत्वपूर्ण भूमिका खेलेका सुनिल बल म्यान अफ दी म्याच घोषित भए । सुनिलल १० हजार रुपैयाँ नगद पुरस्कार पाए । सोझै क्वाटरफाइनलमा स्थान बनाएको थ्री स्टारले च्यासल युथ क्लबलाई १–० पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । काकडभिट्टा टेनिङ सेन्टरले विभागीय क्लब एपिएफलाई २–१ पराजित गर्दै थ्री स्टारसँगको भेट पक्का गरेको थियो । 

Global Ime bank

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीबार नेपाल पुलिस क्लब र सिएमजी संकटाबीच प्रतिस्पर्धा हुनेछ । १२ टोली सहभागि प्रतियोगिताको २१ लाख रुपैयाँ पुरस्कार पाउनेछ । उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार जित्नेछ । विधागततर्फ उत्कृष्ट हुने खेलाडीले जनही १५ हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २, २०७५  १७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC