site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सूचना पाउनसाथ प्रहरीले गर्‍यो ६ बालकको उद्धार, इटाभट्टा सञ्चालक पक्राउ
Ghorahi CementGhorahi Cement

विराटनगर । मोरङका इटाभट्टामा बालबालिकालाई श्रममा खटाइने गरेको सूचना पाउनासाथ प्रहरीको ‘र्यापिड रेस्पोन्स’ गर्दै बुधबार उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोली सूचना पाएको केही समयभित्रै इटाभट्टा पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङको टोली र सिविन नेपाल विराटनगरसमेतको समन्वयमा कटहरी गाउँपालिका वडा नं. ५ बाट इटाभट्टामा श्रम गर्न बाध्य बनाइएका बालबालिकालाई उद्धार गरिएको हो । श्रममा खटाउने कृष्ण प्रणाम इटाभट्टाका सञ्चालक नम्बर ३ का ४७  वर्षीय फणिन्द्रबहादुर ढकाललाई पक्राउ गरी आवश्यक कारबाहीको लागि श्रम तथा रोजगार कार्यालय, विराटनगर पठाइएको जिल्ला प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले बताएका छन् ।

Agni Group

भने,‘‘गैरकानुनी रूपमा श्रममा लगाईरहेको अवस्थामा उद्धार गरी ६ जना बालकलाई पूर्वाञ्चल अनाथ आश्रम विराटनगर, मोरङमा पठाएका छौं ।’’ उद्धार गरिएमा भारतको जिल्ला कुछविहार महगकुमार  माताभाङ  बस्ने  मोपिदुल मियाको छोरा वर्ष १६ को रुवेल मियाँ, भारत छितेही बंगाल बस्ने चाँदकिशोर विश्वासको छोरा वर्ष १६ को कासन कुमार विश्वास र उनकै १४ वर्षीय छोरा राजकुमार विश्वास,भारत बंगाल शितलखोशी बस्ने मसिदुल मियाँको छोरा वर्ष १४ को काउछर आलम, जिल्ला मोरङ भौडाहा बस्ने राजु सरदारको छोरा वर्ष १३ को मोहन सरदार र भारत बंगाल गोलेनाहाटी  बस्ने  नजिरुल मियाँको छोरा वर्ष ११ को रुवेल मियाँ छन् । 

नेपालको कानुनअनुसार बालबालिकालाई श्रममा लगाउन पाइँदैन् तर कृष्ण प्रणाम इट्टाभट्टामा भने इँटाको माटो मुछ्नेदेखि काँचो इँटा बनाउन फ्रममा राख्ने लगायत जोखिमपूर्ण काममा बालकहरुको प्रयोग हुने गरेको पाइएको प्रहरीले जनाएको छ । मोरङका इट्टाभट्टामा बालश्रम प्रयोग गर्ने क्रम नियन्त्रणमा आइसकेको छैन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २, २०७५  १८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC