site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सडकले बढायो चहलपहल
Sarbottam CementSarbottam Cement

–हेमन्त केसी 


जाजरकोट । कर्णालीका तीन जिल्लाको सङ्गम स्थल त्रिवेणी बजारमा सडक पुगेपछि चहलपहल बढेको छ । सडक सञ्जालले जाजरकोट, रुकुम र डोल्पाका बिभिन्न ठाउँबाट आएका सवारी साधन त्रिवेणीमा रोकिने र ठूलो मात्रामा व्यापार हुन थालेपछि चहलपहल बढेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

दश वर्ष देखि रुकुमको आठविसकोटस्थित राडी बजारमा पसल छाडेर परिमल थापा डोल्पाको त्रिवेणीमा व्यवसाय गर्न थालेका छन् । उनीजस्तै जाजरकोट सक्ला सुवाकोटका कृष्णबहादुर थापाले होटल सञ्चालन गर्न लागेको करिव तीन महिना भएको छ । तीन जिल्लाको सो सङ्गम स्थलमा अहिले दर्जनौ पसल सञ्चालनमा छन् । होटल सञ्चालन गर्नेको सङ्ख्या पनि बढेको छ । 

चार महिना अघि दश जना ग्राहक सुताउन र खुवाउन मुस्किल पर्ने सो ठाउँका होटल सडक पुगेपछि एकै पटक सय जनालाई सेवा दिनसक्ने अवस्थामा पुगेका छन् । उक्त बजारमा दैनिक दर्जन जीप र ट्याक्टर सञ्चालनमा आउन थालेपछि पिठ्यूमा बोकेर जाजरकोटबाट डोल्पामा खाद्यान्न बिक्री गर्ने व्यवसायि अहिले यातायातका साधन प्रयोग गर्न थालेका छन् । नेपाली सेनाले सडक निर्माण कार्य तिव्र रुपमा अगाडी बढाएसँंगै जाजरकोट, रुकुम र डोल्पाको जनजीवन सुगमतातर्फ अगाडि बढेको छ । 

Global Ime bank

सडक पुगेपछि आफूले उत्पादन गरेका बस्तु गाउँमै सड्ने अवस्थाको अन्त्य भएको नलगाड नगरपालिका–१३ का नरेन्द्र शाहीले बताए । अहिले डोल्पामा उत्पादित सिमी, दाँतेओखर, जडीबुटी सजिलै अन्यत्र पुर्याउन सजिलो भएको छ । बजार नपाउँदा उत्पादन खेर गयो भनेर चिन्ता मान्नुपर्ने अवस्था अब नरहेको रुकुम गोतामकोटका नन्दलाल थापाले बताए । 
 
यातायात सञ्चालन भएपछि व्यापार बढ्नुका साथै चेतनाको विकास भएको उनको भनाइ छ । अहिले त्रिवेणीसहित खदाङ, त्रिपुराकोट, जुफाल, दुनैमा भारी मात्रामा व्यापार बढेको छ । व्यापार बढेसँगै दैनिक उपभोग्य सामग्री समेत सस्तोमा पाइन थालेको मुट्कोचुला गाउँपालिका–३ का कालीबहादुर शाहीले बताए । 
 
सडक सञ्जालले भौतिक संरचना निर्माण गर्न सामग्री पुर्याउनसमेत सजिलो हुँदा विकासका कामले तिव्रता पाएको छ । यस्तै औषधी, खाद्यान्न, आयोडिनयूक्त नुन, नेपाल खाद्य संस्थानको चामल, मासुका लागि च्याङग्रा, भेडा ल्याउनसमेत सजिलो भएको छ । सडक बनेपछि टेलिफोनका टावर गाउँमा बिस्तार गर्न सजिलो भएको नेपाल टेलिकम डोल्पाले जनाएको छ । 

अहिले केन्द्रीय विद्युत प्रशारण लाइन बिस्तारमा समेत सहजता भएको विद्युत् प्राधिकरणले जनाएको छ । नुन ल्याउन नेपालगन्ज, जाजरकोट आउँदा तीन महिनासम्म लाग्ने गरेको स्मरण गर्दै त्रिपुरासुन्दरी नगरपालिका–९ का दरिमान पहाडीले भने, “घर नजिकै गाडी पुग्दा भाग्यमानी ठानेको छु ।” 

सडकको स्तरोन्नतिसँगै पुल निर्माणका काम पनि अगाडी बढ्न थालेको सांसद सत्य पहाडीले बताए । “सडक निर्माण र स्तरोन्नतिको धेरै काम बाँकी रहेकाले नेपाली सेना अहोरात्र काममा छन्”, जाजरकोट–डोल्पा सडक निर्माण कार्यदलका प्रमुख विश्ववन्धु पहाडीले भने, “लामो संङघर्ष पछि डोल्पाको दुनैमा सेनाले बाटो पुर्याएको छ, सबैको सहयोग र सहकार्यका कारण हामीले दुनैसम्म सडक बनाउन सफल भएका छौँ ।” 

स्थानीयवासीले माथिल्लो डोल्पामा सडक निर्माणमा जोड दिएर नेपाल र चीनको नाकाको रुपमा सो सडक बिस्तार गर्न माग गरेका छन् । डोल्पाका स्थानीय तहले सडक पुगेसँगै विकासका काममा तिब्रता दिन थालेका छन् । नेपाल खाद्य संस्थान डोल्पाले सडक पुगेपछि खाद्यान्न बिक्रीमा भारी मात्रामा मुल्य घटाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  ०१:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC