site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राफेल नाडाल अस्ट्रेलियन ओपनको तेस्रो चरणमा 
Ghorahi CementGhorahi Cement

एजेन्सी । दोस्रो वरियाताका राफेल नाडालले अस्ट्रेलियाका म्यथ्यु इबडेनलाई ३–० को सोझो सेटमा हराउँदै अस्ट्रेलियन ओपनको तेस्रो चरणमा स्थान बनाएका छन् ।
स्पेनका नाडालले ४७औं वरियाता प्राप्त इबडेनलाई ६–३, ६–२, ६–२ को सेटमा हराउँदै तेस्रो चरणमा स्थान बनाएका हुन् । २००९ को विजेता नाडालले अब तेस्रो चरणमा अस्ट्रेलियाकै एलेक्स डी मिनाउरसँग प्रतिस्पर्धा गर्नेछन् । २७औं वरियाताका डी मिनाउरले दोस्रो चरणमा स्विट्जरल्यान्डका हेनरी लाकसोनेनलाई ६–४, ६–२, ६–७(७/९), ४–६, ६–३ को सेटमा पराजित गर्दै तेस्रो चरणमा स्थान बनाएका थिए ।

“प्रत्येक दिन हाम्रो परिक्षण भइरहेको छ । विशेषगरी चोटमुक्त भएर फर्किदा यस्तो हुन्छ,” २०१८ को अन्तिम तिर कुर्कुच्चाको शल्यक्रिया गरेका नाडालले भने, “आज मैले राम्रो खेले । मेरो सर्भिसबाट म खुशी छु । सर्भिससँगै मेरो पहिलो सट, फोरह्यान्ड पनि राम्रो भयो । खेल दौरान पनि मेरो खेलमा सुधार भएको थियो ।”
बुधबारै यसअघि तेस्रो वरियाताका रोजर फेडेररले बेलायतका ड्यानियल इभान्सलाई ३–० को सेटमा हराउँदै तेस्रो चरणमा स्थान बनाएका हुन् । मारिन किलिचले अमेरिकाका म्याकेन्जी म्याकडोनाल्डलाई हराउँदै तेस्रो चरणमा स्थान बनाए । छैटौं वरियाता प्राप्त क्रोएसियाका किलिचले म्याकडोनाल्डलाई ७–५, ६–७(९÷११), ६–४, ६–४ को सेटमा पराजित गरेका थिए । किलिचले अब चौथो चरणमा स्थान बनाउनका लागि स्पेनका फर्नान्डो भेर्डास्कोसँग प्रतिस्पर्धा गर्नेछन् । भेर्डास्कोले माल्डोभालाई राडु अल्बोटलाई ६–१, ७–६(७/२), ६–३ को सेटमा पराजित गरेका थिए । 

Agni Group

महिलातर्फ दोस्रो वरियाता प्राप्त जर्मनीकी एन्जेलिक केरबेरले ब्रजिलकी बिएट्रिज हद्दात माइएमाथि ६–२, ६–३ को सहज जित निकाल्दै तेस्रो चरणमा स्थान बनाइन् । केरबेरले अब अस्ट्रेलियाकी किम्बर्ली विरेलसँग पं्रतिस्पर्धा गर्नेछिन् । विरेलले दोस्रो चरणमा क्रोएसियाकी २९औं वरियाताप्राप्त डोना भेकिचलाई ६–४, ४–६, ६–१ को सेटमा पराजित गरेकी थिइन् । त्यस्तै पाँचौं वरियाताका स्लोएनी स्टेफन्सलाई ६–३, ६–१ को सेटमा हराउँदै तेस्रो चरणमा स्थान बनाइन् । स्टेफनले अब क्रोएसियाकी ३१औं वरियाता प्राप्त पेत्रा मार्टिचविरुद्ध खेल्नेछिन् ।

मार्टिचले दोस्रो चरणमा चेक गणतन्त्रकी मार्केटा भोद्रोउसोभालाई ६–४, ७–५ को सेटमा पराजित गरेकी थिइन् । तेस्रो वरियाता प्राप्ट डेनमार्ककी क्यारोलिन वाजनियाकीले स्विडेनकी जोहाना लार्सनलाई ६–१, ६–३ को नतिजा निकाल्दै तेस्रो चरणमा स्थान बनाइन् । वाजनियाकीले अब मारिया सारापोभा र रेबेका पिटरसनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन् ।
 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २, २०७५  १८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC