खेल
काठमाडौं । नेपाली सेनाका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडीले बुधबार दुर्गादेवी दुलाल सुन्दरहरैंचा अन्तर्राष्ट्रिय आमन्त्रण खुला ब्याडमिन्टन प्रतियोगितामा पुरुष युगल तर्फको उपाधी जितेका छन् ।
तामाङ्ग र श्रेष्ठको जोडीले सशस्त्र प्रहरी बल (एपीएफ)का दिपेश धामी र बिजित थापामगरको जोडीलाई २१–१८, २५–२३ को सेटमा हराउँदै उपाधि जितेका हुन् ।
बिजयी खेलाडीहरुले एक लाख रुपैयाँ नगद पुरस्कार जिते । उपबिजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार जित्दा तेस्रो स्थानको टोलीले १५ हजार रुपैयाँ नगद पुरस्कार हात पारे ।
मिक्स युगल, पुरुष एकल र मास्टर्स जोडीतर्फको प्रतियोगिता मंगलबारै सम्पन्न भइसकेको छ ।
प्रकाशित मिति: बुधबार, माघ २, २०७५ १९:०६
प्रतिक्रिया दिनुहोस्