site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
शंकास्पद धनको नेपाल ‘कनेक्सन’, माओवादी द्वन्द्व शुरू भएकै वर्षदेखि स्विस बैंकमा रकम जम्मा 
Ghorahi CementGhorahi Cement

काठमाडौं । २७ माघ २०७१ मा नेपालमा सनसनी भएको समाचार हो– ‘स्विस बैंकमा नेपालीको साढे ५ अर्ब’ रुपैयाँ । खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्’ (आईसीआईजे) ले त्यसबेला स्विस बैंकमा पैसा राख्ने त्यस्ता नेपालीको नाम उल्लेख नगरी रकम मात्रै सार्वजनिक गरेको थियो । 

यो रहस्यमय सम्पत्ति कसको होला भन्ने बारेमा आ–आफ्ना अड्कलबाजीहरू थिए । धेरैलाई ‘राजनीतिक नेतृत्वले लुकाएको अवैध धन’ हुनुपर्छ भन्ने लागेको थियो । आईसीआईजेले ‘स्विस लिक्स’, ‘अफसोर लिक्स’, ‘पनामा पेपर्स’ र ‘प्याराडाइज पेपर्स’ मा अध्ययन गरेका करीब दुई करोड ८० लाख कागजातमध्ये नेपाल नाम जोडिएका तीन हजार कागजात अध्ययन गरेर खोज पत्रकारिता केन्द्रले केही तथ्य सार्वजनिक गरेको छ ।

यसमा आईसीआईजेबाट प्राप्त, त्यसका आधारमा गरिएका थप अनुसन्धान, विभिन्न मुलुकका कम्पनी रजिष्ट्रारको कार्यालयका विवरणहरू, विदेशस्थित खोज पत्रकारहरूले उपलब्ध गराएका तथ्यहरू र इमेल पत्राचारबाट संकलन गरिएको सूचनाहरू समावेश छन् ।

Agni Group

इन्टरनेटमा आधारित थप अनुसन्धानले हामीलाई नयाँ दस्तावेजहरू प्राप्त गर्न र प्राप्त दस्तावेजहरू केलाउन सजिलो बनाएको खोज पत्रकारिता केन्द्रले जनाएको छ । तीमध्ये ‘स्विस लिक्स’ सँग सम्बन्धित कागजातले केही नेपाली नागरिक र केही चाहिं नेपाली कागजात र ठेगाना प्रयोग गरेर विदेशीले पनि स्विस बैंकमा रकम जम्मा गरेको भेटिएको छ । 

७ अर्बबाट ५२ अर्ब
आईसीआईजेले २०७१ सालमा सन् २००६–०७ को विवरण मात्रै सार्वजनिक गरेको थियो । तर, त्यसपछि पनि स्विस बैंकमा नेपालीको सम्पत्ति बढेको बढ्यै छ । सन् २०१७ मा स्विस बैंकले नै सार्वजनिक गरेको विवरण अनुसार, अहिलेसम्म त्यहाँ नेपालीले राख्ने र झिक्ने गरेको रकम आधा खर्ब रुपैयाँ नाघिसकेको छ ।

Global Ime bank

सन् २०१७ मा स्विस बैंकले आफ्नो बैंकमा नेपालीहरूको बचत रहेको विवरण वेबसाइटमा सार्वजनिक गरेपछि खोज पत्रकारिता केन्द्रले स्विस बैंकलाई इमेल लेख्यो । ‘तपाईंहरूले राखेको विवरणमा नेपालीको बचत कति हो भन्नेबारेमा हामी स्पष्ट हुन सकेनौं । कुन शीर्षकको रकम नेपालीको बचत हो ?’ भन्नेलगायतका विषयमा स्विस बैंकसँग पाँच पटक इमेलमा कुराकानी भयो । 

स्विट्जरल्यान्ड, ज्यूरिकको स्विस नेशनल बैंकका तथ्यांक अर्थशास्त्री दिमित्रि लेन्जिनले आफ्नो अन्तिम इमेलमा प्रष्ट्याए, कि बैंकले नेपाल देशअन्तर्गत सार्वजनिक गरेका विवरणहरू मध्ये ‘एमाउन्टस डियू इन रेस्पेक्ट अफ कस्टुमर डिपोजिट’ शीर्षकमा रहेको रकम नेपालीको हो । २० जुलाई २०१८ को इमेलमा उनले थपे, ‘यो प्रत्येक वर्ष छुट्टाछुट्टै जम्मा भएको रकम हो ।’ उसले सुुझाए अनुसारको रकमको योगफल निकाल्दा नेपालीले ४६ करोड ८ लाख २१ हजार स्विस फ्र्यांक (हालको विनिमय दर अनुसार– ५२ अर्ब ७ करोड २७ लाख ७३ हजार रुपैयाँ) बचत गरेको देखिन्छ । यस बापत उनीहरूले ६९ लाख ७४ हजार स्विस फ्र्यांक (७७ करोड ४१ लाख १४ हजार रुपैयाँ) ब्याज समेत पाइसके । ‘यो कति जना नेपालीको बचत हो ?’ अर्को इमेलमा खोपकेले गरेको प्रश्नको जवाफमा उनले भनेका छन्, ‘हामी बचतकर्ताको संख्या सार्वजनिक गर्न सक्दैनौं ।’

रोचक कुरा के छ भने नेपालमा द्वन्द्व शुरू भएकै वर्ष सन् १९९६ अर्थात् २०५२ सालदेखि नेपालीले स्विस बैंकमा रकम जम्मा गर्न थालेको देखिन्छ । स्विस नेशनल बैंकले २०१७ मा सार्वजनिक गरेको विवरण अनुसार, पहिलो वर्ष १ करोड १० लाख ४२ हजार स्विस फ्र्यांक अर्थात् १ अर्ब २४ करोड ७७ लाख ४६ हजार रुपैयाँ बचत गरेको देखिन्छ । द्वन्द्वकालको १० वर्षे अवधिमा २४ करोड २ लाख ७२ हजार स्विस फ्र्यांक (२७ अर्ब १५ करोड ७ लाख ३६ हजार रुपैयाँ) नेपालीले स्विस बैंकमा रकम जम्मा गरेका छन् । 

द्वन्द्व सकिएपछिका दुुई वर्षमा सबैभन्दा बढी रकम बचत भएको छ । सन् २००६ अर्थात् २०६३ सालमा मात्रै ३ करोड ६७ लाख २७ हजार स्विस फ्र्यांक (४ अर्ब १५ करोड १ लाख ५१ हजार रुपैयाँ) बचत गरेका छन् । सन् २००७ मा ३ करोड ४५ लाख १० स्विस फ्र्यांक (३ अर्ब ८९ करोड ९६ लाख ३० हजार रुपैयाँ) बचत गरेका छन् ।

कुल बचतबाट अहिलेसम्म १३ करोड ८९ लाख ३७ हजार स्विस फ्र्यांक अर्थात् करीब १५ अर्ब ५८ करोड ६८ लाख ८१ हजार रुपैयाँ खाताबाट निकालेको देखिन्छ । अहिले पनि नेपालीको ३५ अर्ब ८४ करोड रुपैयाँ स्विस बैंकमा छ । कानून छलेर देशभित्र र बाहिर राखेको सम्पत्तिको अध्ययन गर्न नेपाल सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग गठन गरेको १२ वर्ष भइसकेको छ । तर स्विस बैंकमा पैसा पु¥याउने क्रम रोकिएको छैन । विभाग गठन भएको २०६४ देखि २०७४ सालको अवधिमा मात्रै २२ करोड ५ लाख ४९ हजार स्विस फ्र्यांक (२४ अर्ब ९२ करोड २ लाख ३७ हजार रुपैयाँ) नेपाली बचतकर्ताले स्विस बैंकमा पु¥याएका छन् । अहिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लगेर राखिएको छ । यति गम्भीर मामिलामा यो निकायले कुनै सक्रियता देखाएको सार्वजनिक जानकारीमा छैन । 

विभागका प्रवक्ता विनोद लामिछाने अन्तरदेशीय सूचना संकलनमा कानूनी समस्या रहेको बताउँछन् । “यहाँ बसेर ज्योतिषीले चिना हेरेझैं पत्ता लाग्दैन । अन्य देशहरूसँग सूचना लिन नेपाल सरकारले पारस्परिक सूचना आदान–प्रदान सम्बन्धी सम्झौता गर्नुपर्ने हुन्छ । अहिलेसम्म त्यस्तो सम्झौता भइनसकेकाले अध्ययनमा कठिनाइ छ ।”

तर, विज्ञहरूका भनाइमा विभागले काम गर्न नसक्नुमा संरचनागत कारण पनि जिम्मेवार छ । “यो विभागलाई अर्थ मन्त्रालय वा प्रधानमन्त्री कार्यालय मातहतमा राख्नै हुँदैनथ्यो” राष्ट्र बैंकमा स्रोतमाथि निगरानी र सम्पत्ति शुद्धीकरण सम्बन्धी काम गर्ने वित्तीय जानकारी इकाइ प्रमुख भएर पाँच वर्ष काम गरेका धर्मराज सापकोटा भन्छन्, “विभाग गठन गर्दा छुट्टै स्वायत्त संस्था बनाउन धेरै प्रयास गरियो, भएन । यो त्यसैको परिणाम हो ।”

मिनु शाह/मिनु छिब्बर

अहिले लन्डनमा बस्दै आएकी नेपाली नागरिक मिनु र उनका दुुई छोराहरूको नाममा सबैभन्दा बढी रकम स्विस बैंकमा जम्मा छ । खोज पत्रकारिताको अनुसन्धानले के देखाएको छ भने– बानेश्वरस्थित गंगादेवी टोलमा घर ठेगाना उल्लेख गरेर स्विस बैंकमा पैसा जम्मा गर्ने मिनु शाह विवाह पछि मिनु शाह छिब्बर भएकी हुन् । उनको अर्को ठेगाना चाहिं ललितपुरको कुपण्डोल हो । कुपण्डोलस्थित छिब्बर निवासमा भेटिएका शाहका सहयोगीले भने, “महारानी मिनु बेलायत जानु भा’छ । चैतमा आउनुहुन्छ ।”

बेलायतमा बसोबास गर्ने नेपाल आउजाउ गरिरहने मिनुले भारतीय नागरिक सिर्वतेरा प्रकाश (एसपी) छिब्बरसँग विवाह गरेकी छिन् । कागजातहरूले एसपी छिब्बरको सन् २००३ मा मृत्यु भएको देखाउँछन् । भारतीय अदालतमा परेको एउटा मुद्दा केलाउँदै जाँदा भेटिएका केही कागजातबाट एसपी छिब्बरकी जेठी श्रीमती पनि छन् भन्ने देखिन्छ । मिनुतर्फ दुुई छोरा पर्वेश छिब्बर र महेश छिब्बर छन् । 

मिनु र उनका दुवै छोराको नेपाली राहदानी छ । सन् २००६–०७ मा ७८ लाख ५० हजार ९९१ का दरले दुुई छोरा र मिनुले २ करोड ३५ लाख ५२ हजार ९७३ अमेरिकी डलर (२ अर्ब ६१ करोड ४३ लाख ८० हजार रुपैयाँ) स्विस बैंकमा जम्मा गरेका छन् । जेठो छोरा पर्वेशको भारतमा आडवानी होटल एन्ड रिसोर्ट र बेलायतमा आधा दर्जन कम्पनीहरूमा पनि लगानी छ । लन्डनको बर्लिङटन आर्केडमा बस्दै आएका कान्छो छोरा महेशको पनि लन्डनमै चार वटा कम्पनीमा लगानी रहेको देखिन्छ ।

बेलायतमा व्यवसाय गरिरहेका मिनुका छोरा पर्वेश छिब्बरले भनेका छन्, “मलाई यसबारेमा कुनै जानकारी छैन, मेरो आमासँग कुरा गर्नुस् ।” मिनुसँग सम्पर्क गर्ने हाम्रो प्रयास सफल हुन सकेन ।

मिनु र उनका छोराहरूका कतिपय आर्थिक क्रियाकलापहरू शंकास्पद देखिन्छन् । छिब्बर परिवारको भारतको अदालतमा मुद्दा परेको छ भन्ने आईसीआईजेको कागजातबाट देखेपछि एक जना भारतीय पत्रकारको सहयोगमा हामीले दिल्ली उच्च अदालतका केही कागजात प्राप्त ग¥यौं । प्राप्त विवरण अनुसार सन् २०१२ मा छिब्बर परिवारको सम्पत्ति सम्बन्धी एउटा मुद्दामा दिल्ली उच्च अदालतले मिनु र उनका छोराहरूले नेपाली ठेगाना प्रयोग गरेकोमा प्रश्न उठाएको भेटियो ।

स्विस बैंकका अनुसार, छोरा महेशले नेपाली राजदूतावास लन्डनको सिफारिशमा १० फेबु्रअरी १९९७ मा नेपाली पासपोर्ट बनाएका हुन् । पर्वेशले पनि २३ नोभेम्बर १९९९ मा नेपाली पासपोर्ट बनाएका छन् । ‘दि ब्रिटेन नेपाल सोसाइटी’ ले सन् १९९३ र १९९६ मा प्रकाशित गरेका दुईवटा स्मारिका अनुसार, मिनु उक्त सोसाइटीकी सदस्य हुन् । 

मिनु शाह छिब्बरका बारेमा बुझ्न हामीले परराष्ट्र मन्त्रालयमा सम्पर्क ग¥यौं । मन्त्रालयको राहदानी विभागको प्रशासन शाखाका शाखा अधिकृत गणेशप्रसाद अधिकारीले दिएको जानकारी अनुसार, मिनु छिब्बरका नाममा बेलायतस्थित नेपाली दूतावासबाट १७ सेप्टेम्बर २०१३ मा ०६७०२५३६ नम्बरको मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी भएको छ । पासपोर्टमा लेखिए अनुसार, उनको स्थायी ठेगाना ललितपुर बागडोल हो । पासपोर्टमा नजिकको नातेदारमा भतिजा अमोदप्रताप राणाको नाम उल्लेख छ ।
थप समाचार
सम्पादकीय टिप्पणी : नेपाललिक्स २०१९

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २, २०७५  १९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC