site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
किन हुन्छ लेटर ग्रेडिङमा त्रुटि ? सुधार्ने उपाय खोजिँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अक्षरांकन पद्धति (लेटर ग्रेडिङ) बाट आउन थालेपछि यसले विद्यार्थी, अभिभावकलगायत सबैमा तरंग ल्याउनुका साथै चिन्तासमेत ल्याएको छ । अक्षरांकन पद्धति लागु भएपछि यसले नतिजाको स्तर खस्केकोदेखि उच्च जीपीएमा उत्तीर्ण दर ओरालो लागेको प्रतिक्रियाहरुसमेत आइरहेका छन् । 

बालबालिकाहरुमा फेल हुने डर हटेकाले यसले मेहनत गर्ने बानी पनि कमी आएको शिक्षाविद्देखि अभिभावकसम्मको बुझाइ रहँदै आएको छ ।

अक्षरांकन पद्धति लागु भएयता पटक पटक एसईईको नतिजा प्रकाशनमै समेत त्रुटि देखिनुका साथै विभिन्न खाले विवाद र प्रश्न उठ्दै आएका छन् । विभिन्न प्रश्नहरु उब्जिन थालेपछि राष्ट्रिय परीक्षा बोर्डले अक्षरांकन पद्धति लागु गरेको झण्डै ४ वर्षपछि यस विषयमा वृहत् छलफल र सुझाव संकलन गर्ने काम शुरु गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपालको शैक्षिक इतिहासमा ८२ वर्षपछि प्रवेशिका परीक्षा (एसएलसी)को अन्त्य भई २०७२ सालमा कार्यविधि आएर २०७३ सालदेखि एसईईको नतीजा अक्षरांकन पद्धतिमा आउन थालेको हो । हाल कक्षा १२ सम्मको नतिजा अक्षरांकनको आधारमा प्रकाशित हुन थालेको छ ।
बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेल भन्छन्, ‘‘अक्षरांकन लागु गरेयता विभिन्न खालको बुझाइ र मुद्दाहरु उठेका छन् । त्यस विषयमा छलफल गरेर समस्या टुग्यांउन आवश्यक रहेकोले छलफल तथा सुझाव संकलनको काम सुरु गरिएको हो ।’’

अध्यक्ष पौडेलले थपे, “अक्षरांकनलाई उल्ट्याउने होइन कि यसको कार्यान्वयनमा आएको कमी कमजोरीलाई सुधार गर्ने भनेका छौं । साथै छलफलबाट कहाँ समस्या छ र के–के सच्याउनु पर्नेछ भन्ने निष्कर्षको आधारमा सुधार गर्नेछौं ।” 

Global Ime bank

अध्यक्ष पौडेलले उक्त छलफल राष्ट्रव्यापी रुपमै गर्न लागिएको बताउँदै भने, ‘‘प्रदेश नम्बर ३ मा यो काम सक्यौं । बाँकी ६ प्रदेशमा यस विषयमा छलफल चलाइनेछ ।’’ उनले ६ वटा समूह विभाजन गरेर अक्षरांकनको पद्धति, प्रयोग र प्रयोगात्मक परीक्षाको नतिजा अन्तरलगायतका समस्याहरुको विषयमा छलफल चलाइएको जानकारी दिए । उनले माघको ३ गते धनगढीमा, ५ गते सुर्खेत र ७ गते बुटबलमा कार्यक्रम गरिने जनाए । 

यस्तो थियो नतिजा
तीन वर्ष भयो एसईई ग्रेडिङ प्रणालीमा आउन थालेको । तर उच्च जीपीएमा उत्तीर्ण हुने विद्यार्थीको संख्या खस्कँदो छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार २०७२ सालको एसईई परीक्षामा जम्मा ४ लाख ५६ हजार १ सय ३६ जना विद्यार्थीले परीक्षा फर्म भरेपनि ४ लाख ३७ हजार ३ सय २६ जना विद्यार्थी मात्रै परीक्षामा सामेल भएका थिए । यसैगरी २०७३ सालमा जम्मा ४ लाख ४५ हजार ५ सय ६४ जना विद्यार्थीले परीक्षा दिएका थिए ।

यसरी हेर्दा २०७२ सालमा भन्दा २०७३ सालमा एसईई परीक्षा दिने विद्यार्थीको संख्या ८ हजार २ सय ३८ जना बढेको देखिएको छ । तर, जीपीए ३ दशमलब ६ देखि ४दशमलब शून्य सम्मको उच्च तहमा उत्तीर्ण हुने विद्यार्थीको संख्या भने ४ हजार १ सय ७० जनाले कमी आएको पाइएको छ । 

बोर्डका अनुसार २०७२ सालमा ४ लाख ३७ हजार ३ सय २६ जना नियमित विद्यार्थीमध्ये एसईईमा ३ दशमलब ६ देखि ४ दशमलब शून्य सम्मको उच्च जीपीए ल्याउने विद्यार्थाी संख्या १६ हजार ४ सय ५४ रहेको थियो भने ३ दशमलव २ देखि ३ दशमलव ६ सम्म उच्च जीपीए ल्याउनेको संख्या ४१ हजार ५ सय ७७ रहेको थियो । 

यसैगरी २०७३ सालमा रेगुलर तर्फको ४ लाख ४५ हजार ५ सय ६४ जना परीक्षामा सहभागी विद्यार्थी मध्ये ३ दशमलब६ देखि ४ दशमलब शून्य जिपिए ल्याउनेको संख्या १२ हजार २ सय ८४ मात्रै रहेको छ । त्यसैगरी ३ दशमलव २ देखि ३ दशमलव ६ सम्म जीपीए ल्याउने विद्यार्थीको संख्या कुल ४२ हजार ४ सय २७ रहेको छ । 

यसरी तुलनात्मक रुपमा ४ हजारभन्दा बढी विद्यार्थीको उच्च जीपीएमा उत्तीर्ण दर खस्कदों छ । यस सन्दर्भमा शिक्षा मन्त्रालयको २०७३ सालको एक प्रतिवेदन तथा शिक्षा तथा मानव श्रोत विकास केन्द्रलेसमेत विद्यार्थीको उत्तीर्ण स्तर खस्किनुमा भूकम्प र बन्द हड्तालहरु नै प्रमुख कारक रहेको जनाएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष पौडेलले सबै सरोकारवालाहरुको सुझाव लिने, सुनिश्चित बनाउने तथा देखिएको समश्या समाधान गर्न छलफल चलाइएको बताउँदै छलफलबाट आएको निजोडसहितको प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाउने बताए ।


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  ०६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC