site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
खोकीका लागि औषधिभन्दा चकलेट ठिक !
Ghorahi CementGhorahi Cement

एजेन्सी । मौसम बदलिएसँगै संक्रमणका कारण अधिकांश मानिसमा घाँटी सुख्खा हुने र चिलाउने जस्ता समस्या देखा पर्छ । यसरी लाग्ने खोकीलाई साधारण रुपमा लिइएपनि यसले दैनिक जीवनमा धेरै असहज र काममा समेत अवरोध पुर्याउने गरेको छ । लगातार खोकिरहँदा छाति लगायत भित्री अङ्गहरुमा समेत दुखाइ बढ्दै जान्छ र औषधि खाँदा समेत कतिपयको खोकी निको हुन समय लाग्दछ । यस्तोमा बेलायती चिकित्सकहरुले खोकीको औषधि भन्दा चकलेट खाए चाँडो ठीक हुने सुझाव दिएका छन् । विशेषगरी दूधको ‘मिल्क चकलेट’ यसमा बढी प्रभावकारी हुने बताइएको छ । 

वास्तवमा हालै १६३ बिरामीमा गरिएको एउटा अनुसन्धानपछि चकलेटमा हुने कोकोले दुई दिनमै बिरामीको खोकीमा धेरै ठूलो सुधार ल्याएको पत्ता लगाइएको थियो । यसैपछि युनिभर्सिटी अफ हलका प्रोफेसरले चकलेटले वास्तवमै खोकी कम गराउन सक्ने दाबी गरेका हुन् । त्यस्तै खोकी सम्बन्धि अन्तराष्ट्रिय अध्ययनका संस्थापक सदस्य तथा कार्डियो र स्वास प्रस्वास सम्बन्धि अनुसन्धानका प्रमुख, प्रोफेसर मोरिसले पनि यो नयाँ खोजबारे लेख्दै खोकीको औषधि भन्दा कोकोले छिटै राहत दिलाउन सक्ने बताएका हुन् ।  

Agni Group

यसरी कोकोमा हुने ‘थिओब्रोमाइन’ नामक पदार्थले हाम्रो खोकीलाई दबाउन सक्ने अनुसन्धानकर्ताहरुको भनाइ छ । सो पदार्थ चिपचिप किसिमको हुने हुँदा त्यसले हाम्रो घाँटीको नर्भहरुमा एउटा कोट बनाउने हुनाले बिरामीले खोक्नु पर्ने महसुस नहुने मोरिस बताउँछन् ।

उनी भन्छन्, ‘यसैकारण मह र कागतीको सिरपलाई पनि खोकीको राम्रो उपचारका रुपमा लिइन्छ । तर चकलेटले अझ चाँडो ठीक गर्न सक्ने देखिएको छ । यसबारे थप अनुसन्धानमा जोड दिइनुपर्छ । ’
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  ०६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC