site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जोगिइन् बेलायती प्रधानमन्त्री, विश्वासको मत प्राप्त 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

लण्डन । बेलायतकी प्रधानमन्त्री टेरेसा मे ले संसदमा विश्वासको मत पाएकी छन् । उनलाई झिनो मतले संसदमा विश्वासको मत प्राप्त भएको हो । एकदिन अघि गएको मंगलबार बेलायती संसदले युरोपेली संघ(इयु) बाट बेलायत बाहिरिने (बे्रक्जिट) सम्बन्धी प्रधानमन्त्री टरेसा मे को योजना अस्वीकृत गरेको थियो । तर, बुधबार (नेपाली समयअनुसार गएराति) तल्लो सदन हाउस अफ कमन्समा भएको मतदानमा प्रधानमन्त्री मेको पक्षमा ३२५ र विपक्षमा ३०६ मत परेको छ । विश्वासको मत पाएपछि बोल्दै मे ले आफूले यो मतलाई हल्का रुपमा नलिएको बताउँदै आफू देशको प्रगतिको लागि लागिपर्ने जनाएकी थिइन् । उनले सांसदहरुलाई निजी स्वार्थबाट टाढा रहेर ब्रेक्जिटको बारेमा सहमति खोज्न आग्रह गरेकी छन् ।

मंगलबारमात्रै भएको मतदानका क्रममा प्रधानमन्त्री मेको योजनाको विपक्षमा ४३२ मत परेको थियो भने पक्षमा २०२ मत परेको थियो । प्रधानमन्त्री मे को कन्जरभेटिव पार्टीका ११८ सांसदले विपक्षीसँग मिलेर विपक्षमा मत हालेका थिए । तर, विपक्षका तीन जना सांसदले भने प्रधानमन्त्री मे को पक्षमा मतदान गरेका थिए । प्रधानमन्त्रीको योजना असफल भएपछि विपक्षी लेबर पार्टीले प्रधानमन्त्रीको विरुद्ध अविश्वासको प्रस्ताव गरेको हो । लेबर पार्टीका नेता जेरेमी कोर्बिनले प्रधानमन्त्रीको योजना असफल हुनु भनेको उनलाई संसदको विश्वास छैन भन्ने कुरा पुष्टि हुनु भएको बताएका थिए । 

ब्रेक्सिटको बारेमा भएको झड्काका बारेमा भने प्रधानमन्त्री मेले कसरी भावी दिशा तय गर्छिन् भन्ने कुरा अझै अन्योल छ मंगलबार नै कतिपय सांसदहरुले आफूहरुले ब्रेक्जट योजनामा मात्रै विरोध जनाएको प्रधानमन्त्रीको विरोध नगरेको जनाएका थिए । बुधबारको मतदानबाट पनि यही कुरा पुष्टि भएको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  ०७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC