site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कांग्रेसको दाबी– देउवाको पालामा वाइडबडीबारे कुनै निर्णय भएको छैन 
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा वाइडबडी विमानका सम्बन्धमा कुनै पनि निर्णय नभएको दाबी गरेको छ । वाइडबडी प्रकरणमा पार्टी सभापतिको नाम मुछिएपछि कांग्रेसले देउवा सरकारको पालामा मन्त्री परिषदबाट, प्रधानमन्त्रीबाट अथवा मन्त्रीस्तरिय निर्णयबाट वाइडबडीका सम्बन्धमा कुनै पनि निर्णय नभएको दाबी गरेको हो ।

कांग्रेस प्रवक्ता विशवप्रकाश शर्माले बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर २०७२ असोज २५ गते केपी शर्मा ओली प्रधानमन्त्री बनेको ४ दिन पछि नेपाल वायु सेवा निगम सञ्चालक समितिले वाइडबडी विमान खरिद गर्नका लागि अध्ययन प्रक्रिया सुरु गरेको जानकारी दिँदै पाइडबडी प्रकरणमा प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संलग्न रहेको दाबी गरे ।  

‘‘२०७२ असोज २५ मा ओली प्रधानमन्त्री बन्नुभयो । असोज २९ गते नेपाल वायुसेवा  निगम सञ्चालक समितिले वाइडबडी विमान खरिद गर्ने सम्बन्धमा अध्ययन प्रक्रिया शुरु गर्ने पहिलो निर्णय गरेको थियो,’’ उनले भने, ‘असोज २९ को सो मितिमा प्रधानमन्त्री ओलीकै मातहतमा पर्यटन मन्त्रालय थियो । असोज २५ देखि कार्तिक १९ सम्म उहाँ पर्यटन मन्त्री समेत रहनुभएको थियो ।’’ 

Agni Group

प्रवक्ता शर्माले वाइडबडी जहाज खरिद गर्ने निर्णयसंगै सञ्चालक समितिले २०७३ बैशाखमा ‘वाइडबडी खरिद उपसमिति’ गठन गर्दा पनि ओली नै प्रधानमन्त्री रहेको जिकिर गरे ।  उनले २०७३ साउन १९ मा प्रचण्ड प्रधानमन्त्री बनेपछि वाइडबडी जहाज खरिद
प्रक्रियाले थप गति लिएको पनि प्रष्ट पारे । ‘‘२०७३ साउन १९ मा प्रधानमन्त्री पदबाट ओलीको विदाईसंगै सोही दिनबाट पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नुभयो । वाइडबडी जहाज खरिद प्रक्रियाले तत्पश्चात थप गति लिएको देखिन्छ,’’ उनले पत्रकार सम्मेलनमा भने, ‘‘वाइडबडी जहाज खरिदका लागि वोलपत्र आव्हान गर्ने निर्णय २०७३ असोज ६ मा नेपाल वायु सेवा निगम सञ्चालक समितिले गरिरहँदा उहाँनै प्रधानमन्त्री हुनुहुन्थ्यो ।’’

कांग्रेसले पछिल्लो समयमा सतहमा आएका सार्वजनिक खरिद ऐनको उल्लघंन, विचौलिया कम्पनीसंगको कारोवार, खरिद कि भाडामा भन्ने गम्भीर अस्पष्टता, प्रारम्भमा उल्लेख भन्दा कम क्षमताको जहाज आयात, तथा अर्बौ कमिसनको चलखेल लगायतका प्रश्नका बारेमा गहिरो अनुसनधान गरेर सत्य–तथ्य सार्वजनिक हुनुपर्नेमा जोड दिएको छ । 

Global Ime bank

कांग्रेसले वाइडवडी जहाज खरिदमा भएको अनियमितता र अरवौ रकम घोटलाका सम्बन्धमा गम्भीर र गहिरो छानबिनको माग गर्दै भन्दै प्रवक्ता शर्माले वाइडबडी घोटालाका दोषीमाथि कारवाहीका लागि कांग्रेसको दबाब निरन्तर जारी रहने बताए ।  

प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतले सभापति देउवाले पुस ११ गते संसदको विशेष समयमा वाइडबडी प्रकरणको यथाशिघ्र छानबिन गरी दोषीमाथी कारवाहीका लागि संसदमा उठाएको माग स्मरण गर्दै शर्माले माग पूरा नभए आन्दोलन गरिने चेतावनी दिए । 

पत्रपत्रिकामा सभापति देउवालाई जोडेर प्रकाशित भएका समाचारप्रति कांग्रेसको ध्यानाकर्षण भएको उनले बताए । ‘‘सभापतिज्यू प्रधानमन्त्री बने लगत्तै मन्त्रीपरिषद विस्तार हुन वाँकी नै रहेको समयमा १९ भन्दा बढी मन्त्रालय उहाँसंगै रहेको स्थिति   थियो,’’ प्रवक्ता शर्माले भने, ‘‘वाइडबडी खरिद प्रकरणमा निगमको त्यो दिनको निर्णय त प्रथम थियो न अन्तिम न त सबैभन्दा महत्वपूर्ण नै थियो । तरपनि, हामी गहिरो छानबिनका लागि थप आग्रह गर्न चाहन्छौं, एउटा प्रधानमन्त्री गइसकेर अर्को प्रधानमन्त्रीले पदबहाली गरिसक्दा नसक्दै एक ढंगको संक्रमणकालका बेला कुनै पनि निर्णय गर्ने हतारो निगम सञ्चालक समितिलाई तत्कालै के आइपरेको थियो ?’’

कांग्रेसले वाइडबडी जहाज खरिदमा भएको घोटालाको छानबिनको विषयलाई विषयान्तर हुन नदिन आवश्यक सर्तकताका लागि सबैलाई आग्रह पनि गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  ०७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC