site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भूगर्भविद्को निष्कर्ष–नेपालमा ठूलो भूकम्पको सम्भावना कायमै 
Sarbottam CementSarbottam Cement

जुरिच । अन्तर्राष्ट्रिय भूगर्भविद्हरुले गरेको पछिल्लो अध्ययनले फेरिपनि नेपालमा ८ म्याग्निच्युड भन्दा माथिको भूकम्प जान सक्ने तथ्य औंल्याएको छ । 

२०७२ साल वैशाख १२ गतेको भूकम्पबाट सिर्जित समस्याको अझै समाधान भइनसकेको अवस्थामा यो तथ्य बाहिर आएको हो ।  इण्डियन र युरेसियन प्लेटको अध्ययनका क्रममा भूभर्गविदहरु सो तथ्यमा पुगेको रिपोर्ट आज सार्वजनिक भएको छ ।  इन्स्टिच्युट अफ जियोफिजिक्सका विज्ञ लुका दाल जिलियोले जमिनभित्र अझै पनि दबाब रहेको जनाएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यस खालको प्रतिवेदन विगतमा पनि विभिन्न अनुसन्धानपछि सार्वजनिक गरिँदै आएका छन् । यद्यपि भूकम्प यही समयमा जान्छ भन्ने कुरा वैज्ञानिकहरुले समय नै तोकेर भन्न सक्ने अवस्था नहुने स्वयं भूगर्भविद्हरुको कथन रहने गरेको छ  । सम्भावना सधैं रहने भएपनि जमिनमुनि भएको दबाब स–साना भूकम्पले विस्तारै कम हुँदै गएमा ठूला भूकम्प टर्न सक्ने समेत भूगर्भविद्हरुले यस अघि धेरैपटक औंल्याएका छन् । त्यसैले यस्ता प्रतिवेदन आउँदैमा कोही पनि त्रसित भइहाल्नुपर्ने अवस्था भने नरहने उनीहरुको तर्क रहने गरेको छ । यद्यपि नयाँ निर्माणका क्रममा भने भूकम्प निरोधक प्रविधि प्रयोग गर्नु उपयुक्त हुने उनीहरुको तर्क रहने गरेको छ । 

https://www.futurity.org/earthquakes-nepal-1958582/

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  ०८:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC