site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
जसले ‘रणवीर’ बन्न बढाए १५ केजी तौल
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्देशक गोविन्द सिंह भण्डारी, निर्माताद्वय दीपेन्द्र रेग्मी र गोमा विष्ट थापाले फोन गरे । फोन चलचित्र अफरका लागि थियो । वन लाइन स्टोरी मन पनि पर्यो । भेट भयो । भेटमा पनि स्टोरी चित्त बुझ्यो । स्क्रिप्ट ठिक लाग्यो । 

तर, चुनौती थियो, चलचित्र काँधमा बोक्नुको । साथमा थिए अभिनयका उस्ताद हरिहर अधिकारी, टीका पहारी, रबी गिरी जस्ता कलाकार । त्यो भन्दा पनि ठूलो चुनौतीको पहाड थिए– प्रशान्त ताम्राकार ।

अभिनयका उस्ताद हरिहर, टीका, रवी भए पनि उनीहरु चरित्र अभिनयमा सीमित थिए । तर प्रशान्त थिए उनीसँग भिडन्त गर्ने । जसको ज्यान नै अजङ्गको छ । खलपात्रको जस्तै । खलपात्रका लागि प्रशान्तलाई उभ्याइदिए मात्रै पुग्छ । मेकअपको कुनै जरुरत पर्दैन । 

Prabhu Bank
Agni Group
NIC Asia

साउथ इन्डियन मुभीको फ्लेवर आउने चलचित्र थियो । नाम हो, ‘रणवीर’ । भिडन्त हुने नै भयो । त्यो पनि प्रशान्तसँग ।

निर्देशकले भने, ‘‘सुशील (सिटौला) ज्यान चाहिँ बनाउनु पर्छ । यसका लागि तिमीसँग करिब ४ महिना समय छ ।’’ 

Global Ime bank

कथा राम्रो लागेकाले नाईं भन्न सकेनन् । ‘हुन्छ’ भनेर फर्किएका सुशीलले भोलि पल्टबाटै जिम सुरु गरे । बिहानै दिनको ८ वटा अण्डा, भिजाएको चना, फलफुल र त्यसको जुस, जिम प्रोटिन अनि क्लिन फुड नियमित खान थाले । जिम अनुशासनमा बसे । सफलता हात लाग्यो । बडी तथा आर्म्स बन्यो । लुरे ज्यान सिक्स प्याकमा परिणत भयो । 

बलिउडमा उनले सुनेका थिए, कहिले आमिर खानले ज्यान बढाएको त कहिले घटाएको । रणवीरले सञ्जय दत्तको वायोपिक गर्दा उस्तै देखिन ज्यान बनाएको र बढाएको सुनेको त पुरानो पनि भएको थिएन । नेपालमै केकी अधिकारीले ‘ऐश्वर्य’का लागि ७ केजी तौल घटाएको पनि हल्का फुल्का सुनेका थिए ।

सुशीललाई तौल बढाउनु मात्रै थिएन । बनाउनु पनि थियो । कम्तीमा प्रशान्तसँग टक्कर लिन सक्ने देखिने खालको । साढे तीन महिनाको अनवरत प्रयासपछि उनी १५ केजी तौल बढाएर ७५ केजी पुगे । 

तर, सजिलो थिएन । आवश्यक सबै कुरा चाहेर पनि जुटाउन नसकिने अवस्था विद्यमान थियो । “सजिलो छैन हामी नेपालीका लागि जिम गएर तत्काल शरीर बढाउन आवश्यक कति कुरा जुटाउन गाह्रो छ,” सुशील सम्झिन्छन्, “दाल भात खाएरै भए पनि ज्यान बढाउन निकै प्रेसर हुन्छ । बलिउड र हलिउडको कुरा छाडौं, हाम्रै नेपाली कलाकार सुशील श्रेष्ठ लगायत केहीले कसरी बडी बनाउनु भएको रहेछ ? फिल भयो स्यालुट गर्छु म उहाँहरुलाई ।” 

चलचित्रको छायांकन सुरु भयो । प्रशान्तसँग उनले सेटमा कयौं पटक लडे । केही भिडन्त त ट्रेलरमा पनि देखिएको छ । “चलचित्र मेरा लागि ठूलो चुनौती थियो । एकातिर म अभिनयका उस्तादहरुसँग अभिनय गर्दै थिएँ । अर्कोतिर एक्सन चलचित्रमा हाल्दै थिएँ,” सुशील बाह्रखरीसँग भन्छन् । 

सुशीलले यसअघि थुप्रै चलचित्रमा को–एक्टरको रुपमा काम गरे पनि सिंगो कथा बोकेर हिँडेको भने ‘रणवीर’ नै पहिलो चलचित्र हो । त्यसैले उनी यो चलचित्रलाई डेब्यू भन्दा पनि फरक नपर्ने बताउँछन् । 

अभिनयमा आधा शताब्दी विताइसकेकाहरुसँगको अभिनय गरेका कारण तथा एक्सन र लिड रोलमा रहेको पहिलो चलचित्र पनि भएकाले ‘रणवीर’ उनका लागि चुनौतीपूर्ण पनि छ । गोविन्द सिंह भण्डारीले निर्देशन गरेको चलचित्रलाई  गोमा विष्ट थापा र दीपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । चलचित्र माघ १८ गते रिलिज हुँदैछ । 

साउथ इन्डियन चलचित्रसँग तुलना गर्नुलाई सुशील चलचित्रको सफलता ठान्छन् । “चलचित्र भनेको निर्देशकको हो । उहाँ साउथमा बसेर काम गरेकाले केही प्रभावित भएको हुनुपर्छ,” सुशील भन्छन्, “स्टोरी, स्क्रिनप्ले सबै मन परेर मैले काम गरेको हुँ । हाम्रो कथा छ । ‘रणवीर’लाई साउथ इन्डियनमा डब गरिदिने हो भने यो त्यहीँको चलचित्र बन्छ । त्यो लेवल चलचित्रले मेन्टेन गरेको छ ।” 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  १२:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC