site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सेमिफाइनलमा इन्डोनेसियासँग नेपालको परीक्षा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिता रानामगरको अलराउन्ड प्रदर्शनप्रेरित नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले थाइल्यान्ड वुमन ट्वान्टी–२० स्म्यासमा फाइनल प्रवेशका लागि शुक्रबार इन्डोनेसियाबिरुद्ध खेल्दैछ । 

अलराउन्ड प्रदर्शन गरेकी सिताले बलिङमा नेपालबाट सबैभन्दा ६ विकेट लिइसकेकी छिन् भने ब्याटिङमा पनि नेपालबाट सबेभन्दा धेरै ७७ रन बनाइसकेकी छन् । प्रतियोगितामा धेरै रन बनाउनेमा उनी पाँचौं नम्बरमा छन् । तथापी समूह चरणमा नेपालले जितका लागि खासै ठुला संघर्ष गर्नु परेन ।

प्रतियोगितामा सतप्रतिशत नतिजा निकालेको नेपालले  समूह ‘ए’ मा कठिन प्रतिस्पर्धा गर्नु परेको छैन । समूहको अन्तिम खेलमा आयोजक थाइल्यान्ड ‘ए’ टिमलाई ९ विकेटले पराजित गरेको नेपालले समूहको पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको नेपालले तेस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)लाई पनि ६ विकेटले हराएको थियो । नेपालले यूएईलाई हराउन अन्तिम ओभरसम्म खेल्नुपरेको थियो । त्यसबाहेक नेपालले अन्य खेलमा जितका लागि संघर्ष गर्नु परेको छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

यूएई समूह ‘ए’ को उपविजेता टोली हो ।

दुई वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा पूनरागमन गरे पनि नेपाली टोलीकी कप्तान रुविना क्षेत्रीले उपाधि जित्ने लक्ष्य रहेको बताएकी थिइन् । नेपाली टोली उपाधिबाट अब दुई खेलमात्र टाढा छ । इन्डोनेसिया समूह ‘बी’ को उपविजेता टोली हो । आयोजक थाइल्यान्डबाहेक इन्डोनेसियाले समूह चरणमा सबै खेल जितेको थियो । त्यसैले शुक्रबार बैंककस्थित टे«डथाइ क्रिकेट मैदानमा नेपाली टोलीको परिक्षा हुने अनुमान गरिएको छ । 

Global Ime bank

इन्डोनेसियाकी युलिया एनग्राइनीले ४ खेलमा ७५ रन बनाइसकेकी छिन् । भने नी मेड पुत्री सुवानदेबीले ३ इनिङमा ६ विकेट लिइसकेकी छन् ।

थााइल्याण्डको जानुअघि नेपाली टोलीकी कप्तान रुबिनाले उपाधि खडेरी मेटाउने बताएकी थिइन् । कप्तानले भनेजस्तै नेपालले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको छ । 

यस प्रतियोगितालगत्तै नेपालले थाइल्याण्डमै आयोजना हुने आइसीसी ट्वान्टी–२० बिश्वकप छनोट प्रतियोगिता खेल्नेछ । अभिभावक संस्था नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेका बेला अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले महिला क्रिकेट टोलीलाई यो अवसर दिएको हो । 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  १५:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC