site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बीएमडब्लु र यामाहा छाडेर नेपाल प्रहरीले छान्यो सुजुकी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल प्रहरीले राष्ट्रपति, प्रधानमन्त्री तथा विदेशी पाहुनाको सवारी हुँदा प्रयोग गरिने ३० थान स्कर्टिङ मोटरसाइकल खरिद सम्झौताको अन्तिम चरणमा पुगेको छ । ६ सय ५० सीसी भन्दा ठूलो यस्तो मोटरसाइकल बोलकबोल प्रथाबाट खरिद गर्ने नेपाल प्रहरीको प्रक्रियामा बीएमडब्लु, यामाहा र सुजुकी सामेल भएका थिए, जसमध्ये प्रहरीले सुजुकीको मोटरसाइकललाई उपयुक्त मानेको छ । 

नेपाल प्रहरीले मंसिर ३० गते प्रकाशन गरेको स्कर्टिङ मोटरसाइकल खरिदसम्बन्धि बोलपत्र आह्वानमा आवेदन दिनेमध्ये बीएमडब्लुले आफ्नो मोटरसाइकल सबैभन्दा सस्तो ३५ लाख १५ हजारमा प्रतिगोटा उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो भने यामाहा तथा सुजुकी दुवैले आफ्नो मोटरसाइकलको मूल्य प्रतिगोटा रु. ४६ लाख ६० हजार राखेका थिए । नेपालका अधिकृत बिक्रेता बीएमडब्लुका लागि मोटरराड, यामाहाका लागि एमएडब्लु तथा सुजुकीका लागि भीजी अटोमोबाइल्स कम्पनी प्रतिस्पर्धामा थिए । 

प्रहरीले यामाहा र बीएमडब्लु दुबैलाई अयोग्य ठहर गर्दै सुजुकीको मोटरसाइकल किन्ने निर्णय गरेको हो । प्रहरीले मुअ करबाहेक १२ करोड ३७ लाख १६ हजार ८ सय १४ रुपैयाँमा खरिद गर्ने भएको हो । मुअ कर जोड्दा यो रकम १३ करोड ९८ लाख रुपैयाँ हुन जान्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरीले बोलपत्र आह्वानमा संशोधन गरेर सुजुकी खरिद गर्ने निर्णय गरेको स्रोत बताउँछ । प्रहरीले बोलपत्र आह्वानमा उल्लेख ‘१ वर्ष नेपालमा चलाएको अनुभव हुनुपर्ने’ बुँदा हटाएको थियो भने ‘बोलकबोलकर्ताले सुरक्षा निकाय वा सरकारसँग उल्लेखित सामग्री कारोबारको १ वर्ष पुगेको हुनुपर्ने र बोलकबोल गरिएको जम्मा  मूल्य बराबरको कारोबार गरिसकेको हुनुपर्ने’ व्यवस्था थप गरेको थियो ।

यसअघि कबोलकर्ताले सुरक्षा निकाय वा सरकारसँग उल्लेखित सामग्री कारोबारको ३ वर्ष पुगेको हुनुपर्ने व्यवस्था थियो । प्रहरीको खरिदकर्ता समूहले बीएमडब्लुलाई नेपाल प्रवेश गरेको १ वर्ष पनि नपुगेको कारण बिडिङ प्रक्रियामा समावेश गराएन, अर्थात् आर्थिक मुल्यांकन गर्नु अघिनै प्राविधिक मुल्यांकनबाट फालिदियो । 

Global Ime bank

बोलकबोलमा यामाहा र सुजुकीले भने बराबर मूल्य कबोल गरेका थिए । दुवैले करसहित कुल १३ करोड ९७ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ ८२ पैसामा ३० वटा बाइक बेच्न बिड गरेका थिए ।

सुजुकी भर्सेस यामाहा, कुन राम्रो ?

सुजुकीले बेच्न इच्छा देखाएको मोटरसाइकल हो, सुजुकी भी–स्ट्रोम । यो मोटरसाइकल भारतीय बजारमा मात्र उपलब्ध छ । यो ६ सय ४५ सीसी ४–स्ट्रोक लिक्विड कुल्ड भी–ट्विन इन्जिन भएको मोटरसाइकल हो । २० लिटर फ्युल ट्यांक २१६ किलोको यो मोटरसाइकलको ग्राउन्ड क्लियरेन्स १६५ मिमि छ । यसको सिट उचाई ८३५ मिमि रहेको छ । यो मोटर साइकलको भारतीय बजार मूल्य ७ लाख ४६ हजार भारु रहेको छ ।

यामाहाले अफर गरेको मोटरसाइकल एमटी–०९ हो । यो मोटरसाइकल पनि नेपाली बजारमा उपलब्ध छैन । यो मोटरसाइकल ८ सय ४७ सीसी ४–स्ट्रोक लिक्विड कुल्ड १२–भल्भ इन्जिन भएको मोटरसाइकल हो । १४ लिटर फ्युल ट्यांक १८८ किलोको यो मोटरसाइकलको ग्राउन्ड क्लियरेन्स १३५ मिमि छ । यसको सिट उचाई ८२० मिमि रहेको छ । यो मोटर साइकलको भारतीय बजार मूल्य करिब ११ लाख भारु रहेको छ ।

सुजुकीले बेच्न इच्छुक रहेको मोटरसाइकलमा लाग्ने कर सबै कर जोड्दा नेपाली बजारमा २७ लाखदेखि २८ लाख पर्नुपर्ने देखिएको र बोलकबोल गरिएको मूल्य त्योभन्दा उच्च देखिएका कारण पनि प्रश्न उठाउने ठाउँ धेरै रहेको स्रोतले बाह्रखरीलाई बतायो ।

के भन्छ प्रहरी ?

नेपाल प्रहरीले भने सार्वजनिक खरिद ऐन र नियमावली अनुसार नै खरीद गरिएको जनाएको छ । प्रहरी प्रवक्ता उत्तमप्रसाद सुवेदीका अनुसार सबै कम्पनीले दिएको आवेदनअनुसार सुरुमा प्राविधिक, त्यसपछि व्यापारिक र अन्त्यमा आर्थिक मुल्यांकन गरिएको हो ।
बाह्रखरीसँग उनले भने, “रेट कम हाल्ने कम्पनीसँगै सम्झौता गर्नु जरुरी हुँदैन । सुजुकीसँग बाइक किन्नु प्रभावकारी हुने भएकाले यो निर्णय गरिएको हो ।”

उनले प्रि–बिडिङ मिटिङमा बोलकबोलकर्ताकै आग्रहमा सुरक्षा निकाय वा सरकारसँग उल्लेखित सामग्री कारोबारको ३ वर्ष पुगेको हुनुपर्ने व्यवस्था संशोधन गरिएको पनि स्वीकारे । उनले थपे, “सबै काम नीतिसंगत नै भएको छ । शंका गर्नुपर्ने ठाउँ छैन ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  १७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC