site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
होटल संघ नेपालद्वारा बगैंचा हस्तान्तरण
Sarbottam CementSarbottam Cement

काठमाडौं । होटल संघ नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बगैंचा तथा चौतारी हस्तान्तरण गरेको छ । संघले बुटिक एयरपोर्टकोे अभियानलाई निजी क्षेत्रको तर्फबाट स्वागत गर्दै मुख्य प्रवेशद्वारको दुवै तर्फ नेपाली मौलिकता झल्कने कलात्मक चौतारीहरुको निर्माण गरेको हो ।

निर्मित बगैंचा फोन संघका अध्यक्ष अमरमान शाक्यले बिमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीलाई हस्तान्तरण गरे । संघले देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई नेपाल भित्रिने पर्यटकहरुको आकर्षणको प्रथम केन्द्रसहित मनमोहक बनाउने हेतुले बगैंचा बनाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

विमानस्थल मुख्य प्रवेशद्वार क्षेत्रदेखि दुवै तर्फ अपरेसन भवन फाउन्टेनसम्म हरियाली तथा सौन्दर्यीकरण गराउने कार्य सम्पन्न भई सञ्चालनमा रहेको र राम्रो व्यवस्थापन पनि भइरहेको छ ।

नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० को पूर्व सन्ध्यामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउने कार्यलाई थप ऊर्जा तथा प्रोत्साहन गर्ने अभिप्रायले विमानस्थल प्रवेशद्वार दायाँ–वायाँ खाली रहेको स्थानमा संघले कलात्मक चौतारी निर्माण गरेको हो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  १८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC