site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गोविन्द केसीलाई कम्युनिष्ट विरोधी भन्नु अज्ञानता र अहंकारले प्रभावित दृष्टिदोषमात्रै : गगन थापा 
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले चिकित्सा क्षेत्र सुधारका लागि आमरण अनशनरत डा. गोविन्द केसीलाई कम्युनिष्ट विरोधीका रुपमा स्थापित गर्न खोज्नु अज्ञानता र अंहकारले प्रभावित दृष्टिदोष मात्रै भएको टिप्पणी गरेका छन् । 

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ मा राखिएको फरक विचारका बारेमा जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेता थापाले अज्ञानता र अहंकारले प्रभावित दृष्टिदोष भएकाहरुले डा. केसीलाई कम्युनिष्ट विरोधीका रुपमा स्थापित गर्न खोजिरहेको टिप्णी गरेका हुन् । 

Agni Group

डा. केसीलाई फकिर र सन्तको संज्ञा दिँदै नेता थापाले जनताको स्वास्थ्यका लागि संघर्ष गर्दै गर्दा उनलाई सिंहदरवारको तातो कुर्सीमा को हुन्छ भन्ने बारेमा कहिल्यै चासो नभएको जिकिर गरे । 

तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्की, तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीसँग लड्दै गर्दा केसीले कहिल्यै कुन दल निकट भन्ने चासो नदेखाएको प्रसंग स्मरण गराउँदै थापाले भने, ‘‘यो सबैलाई बिर्सेर आज डा. केसीलाई कम्युनिष्ट विरोध ीभनेर स्थापित गर्न खोज्नु अज्ञानता, अहंकारले प्रभावित देष्टिदोष मात्र हो । उनी न कांग्रेसका समर्थक हुन, न नेकपाका । न कांग्रेसका विरोधी हुन न नेकपाका ।’’

Global Ime bank

आमनेपाली जनताले उपचार गराउने देशका स्वास्थ्य संस्थाको विजोग हुने अजस्था बदल्न लड्नु भनेको कम्युनिष्ट विरोधी लाडाई हो भन्ने कम्युनिष्ट पार्टीको ठहर हो भने त्यसमा आफूहरुले भन्न केही नसक्ने उनको भनाइ थियो ।  

यसअघि बुधबार सत्तारुढ ने क पाका नेता योगेश भट्टराईले इलाम पुगेर डा. केसीले कांग्रेससँग मिलेर सरकारलाई घेराबन्दी गर्न खोजिरहेको आरोप लगाएका थिए । केसी व्यावसायिकभन्दा पनि कम्युष्टिको घोर विरोधी भएको आरोप लगाउँदै नेता भट्टराईले केसीलाई कम्युनिष्ट फोबिया भएको टिप्पणी गरेका थिए । 

पत्रकार सम्मेलनमा कांग्रेस नेता थापाले डा. केसीसँगको सम्झौताको मान रहने, कांग्रेसलाई दिएको बचन पूरा हुने, चिकित्सा शिक्षा सुधारको नयाँ यात्रा सुरु हुने बाटोमा कदम चाल्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् । ‘‘यो सबै हुँदै गर्दा तपाईंको जित नै जित हुने हो । किन जितको बाटो रोज्न चाहनुहुन्न वा सक्नुहुन्न ? जनताको जित र आफ्नो जितभन्दा ठूलो कुनै स्वार्थ होला र प्रधानमन्त्रीज्यू ?’’ उनले प्रश्न गरेका छन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  १९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC