site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा रहेकी पत्नीलाई नेपालबाटै तीन तलाक !
Sarbottam CementSarbottam Cement

हरिद्वार । भारतमा एक महिलाले नेपालबाट आफ्ना पतिले फोनबाटै ‘ट्रिपल तलाक’ दिएको भन्दै भारतीय प्रहरीलाई उजुरी गरेकी छन् । आफ्नो माइती पक्षले दाइजोको माग गरेकोमा दिन नसकेपछि यो अवस्था आएको उनले उजुरीमा उल्लेख गरेकी छन् । हरिद्वार प्रहरी कार्यालयमा त्यसबारेमा लिखित उजुरी परेको र त्यसबारेमा अनुसन्धान शुरु भएको समाचारमा जनाइएको छ । 

ती महिलाका अनुसार उनका पति चार महिनाअघि नेपाल गएका थिए । र, उनले गएको बुधबार बिहान पत्नीलाई फोनबाटै तलाकको घोषणा गरेका थिए ।  पछिल्लो पटक ट्रिपल तलाकका बारेमा हरिद्वार प्रहरीमा परेको यो चौथो उजुरी भएको प्रहरीले जनाएको छ । ती मध्ये तीन वटा जवलपुर क्षेत्रबाट नै उजुरी परेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

ती महिलाका अनुसार साउद अन्सारी नामका युवकसँग उनले दुई वर्ष अघि विवाह गरेकोमा सधैं दाइजोको विषयलाई लिएर झगडा गर्ने गरेका थिए । 

पछि उनी चार महिना अघि नेपाल  गएका हुन् । उनका घरका मान्छेले गएको महिना ती महिलालाई माइतमा लगेर छोडेका थिए । प्रहरीले सो घटनाबारेमा आफ्नो महिला सेललाई जानकारी गराएको बताइएको छ । मुश्लिम समुदायमा फोन वा मेसेज वा भेटेर नै पुरुषले तीन पटक तलाक भनेपछि सम्बन्ध विच्छेद हुने प्रचलन रहेकोमा भारतको संसदले केही अघि मात्रै यसलाई अवैध घोषणा गरेको छ । (टाइम्स अफ इण्डिया)
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०७५  ०९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC