site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
जब गाई राति नै ब्यायो...
Sarbottam CementSarbottam Cement

काठमाडौं । भदौमा चलचित्रको सुटिङ् थियो । टोखामा । चलचित्रका कलाकारसहितका क्रू मेम्बरहरु टोखामै थिए । गोपीले पालेको गाई कहिले ब्याउँछ भन्ने प्रतिक्षा थियो उनीहरुलाई । आज–भोली–पर्सी भन्दै पर्खिँदापर्खिँदा भेटेनरी डाक्टरले दिएको समय नजिकियो । गाई साँझ विहान भयो । क्यामेरा मेन गाई ब्याएको भिडियो खिच्न तयार भए ।  

गाई त ब्यायो तर राति । न गोपीले थाहा पाए न त क्यामेरा मेनले नै । “हामीलाई गाई ब्याएको सिन चाहिएको थियो । हामी दुई तीन दिन देखिनै कुरेर बसिरहेका थियौं । भेटेनरी डाक्टरले गाई बियाउने समय दिएका थिए । त्यही समयलाई हामीले फलो गरिरहेका थियौं,” चलचित्रका गोपी अर्थात विपिन कार्कीले भने, “तर डेटभन्दा एक दुई दिन तलमाथि हुँदोरहेछ । अबेर साँझसम्म बसेर आज ब्याउँदैन भनेर क्रू मेम्बरसहित हामी फर्कियौं तर त्यही रात गाई ब्याएछ ।”

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्र ‘गोपी’को सुटिङ नै प्रभावित पारिदियो गाईले । अर्को कसको गाई कहिले ब्याउँछ भनेर कुर्नुपर्ने भयो । गाई मात्रै चलचित्रमा अर्को देखाउनु पर्ने भएन । अर्को गाईको खोजीसँगै समय लम्बियो ।

तर, लोकेशन टोखा भएकाले ब्याउने गाईको अभाव भने भएन । मात्रै समयको कुरा थियो । सुरुमा झोरमा सुटिङ गरिरहेको चलचित्र युनिट अर्को गाई खोन्दै द्वारिका निलकण्ठ फर्म पुग्यो । जुन पहिलोको तुलनामा निकै ठूलो थियो । 

Global Ime bank

“सुटिङ सुरु भएको केही पहिलो हप्तामै गाई ब्याएको सिन लिने तयारी गरेका हामीलाई २९ औं दिनसम्म कुर्नुपर्यो,” विपिनले सुनाए, “धन्न ब्याएको गाई चलचित्रको क्यारेक्टर गाई नभएकाले हामीलाई सजिलो भयो । अन्यथा ठूलो हैरानी खेप्नुपर्ने थियो ।” ‘गोपी’मा क्यारेक्टर गाईका रुपमा गौरीलाई राखिएको छ ।   

माघ १८ बाट प्रदर्शनमा आउने चलचित्रमा विपिन र वर्षाका अलावा सुरक्षा पन्त, प्रकाश घिमिरे, भोला सापकोटा, अंकित खड्का आदिको अभिनय छ । दीपेन्द्र लामाको कथा तथा निर्देशन रहेको चलचित्रलाई सामीप्यराज तिमल्सेनाले लेखेका हुन् ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०७५  १२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC