site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बच्चा नजन्माएको भन्दै महिलालाई जिउँदै जलाउने प्रयास
Sarbottam CementSarbottam Cement

विहार । भारतको विहारमा सोमबार साँझ चितामा राखेर एक महिलालाई जिउँदै जलाउने प्रयास भएको छ । महिलाका भाइका अनुसार उनकी दिदीको कोखबाट बच्चा नजन्मेको आरोपमा घरका मान्छेले जिउँदै जलाउने प्रयास गरेका हुन् । यो घटना स्थानीय भोजपुर जिल्लाको सारीपुर गाउँमा भएको हो । सोन नदीको किनारामा पहिला महिलामाथि कुटपिट भएको थियो भने पछि जलाउने प्रयास भएको थियो । 

स्थानीय अखबार प्रभात खबरका अनुसार महिलाका भाइ गणेश ठाकुरले उनकी दिदीले बच्चा नजन्माएको भनेर घरमा बारम्बार मारपिट हुने गरेको थियो । उनलाई डरलाग्दो ढंगले कुटपिट गरिएपछि महिला बेहोस भएकी थिइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसपछि उनलाई जिउँदै जलाउने प्रयास गरिएको थियो ।  यो घटनाको बारेमा प्रहरीले जानकारी पाएपछि तत्काल घटनास्थल पुगेर हस्तक्षेप गरेको थियो । महिलालाई प्रहरीले बेहोसीकै अवस्थामा चिताबाट उठाएको थियो । ती महिला स्थानीय रबीन्द्र ठाकुरकी पत्नी लक्ष्मी देवी हुन् । उनको उपचार अहिले स्थानीय आरा सदर अस्पतालमा भइरहेको जनाइएको छ । 

हिन्दुस्तान पत्रिकाका अनुसार प्रहरी अचानक पुगेपछि महिलालाई जलाउने प्रयास गरिरहेका मान्छे भागेका थिए । उपचारको क्रममा महिलाको होस खुलेपछि उनले आफ्नो नाम भनेकी थिइन् । प्रहरीका अनुसार लक्ष्मीदेवीको माइती स्थानीय बचरी गाउँमा रहेको छ । सो घटनापछि घरका मान्छे भने फरार रहेका छन् । ती महिलासँग बयान लिने काम भइरहेको प्रहरीले जनाएको छ ।बयान लिएपछि नै सबैकुरा प्रष्ट हुने प्रहरीको भनाइ छ । केही मिनेट मात्रै प्रहरी पुग्न ढीला भएको भए लक्ष्मी जल्ने निश्चित रहेको स्थानीय बासिन्दाले बताएका छन् । (एजेन्सी)

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ८, २०७५  ०८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC