site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
\'छिःछिः र दुर्दुर गरे पनि नग्नता नै बिक्दोरहेछ\'
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्ला केही वर्षयता सबैभन्दा धेरै रुचाइएका गीत कसका भनेर सोध्ने हो भने सायद धेरैको जवाफ रहला– कालीप्रसाद बाँस्कोटा र राजनराज शिवाकोटीका । हो पनि । बाँस्कोटा र शिवाकोटीले लोक लयको आधारमा बसेर केही नयाँ प्रयोग गरेर गीत बनाए । दर्शक तथा स्रोताले तिनै गीत मन पराए । चाहे ती गीत चलचित्रमा प्रयोग भएका हुन् अथवा सिंगल ट्रयाकमार्फत् सार्वजनिक भएकै किन नहुन् । 

तर, ठेट लोक गीत भने अहिले हराउँदै जान थालेका छन् । पछिल्लो समय लोक गीत भनेर त गाइए तर ती अधिकांश गीत ठेट लोक गीत छैनन् । लोक लय र तालमा आधुनिकताको लेप लगाएर गाइए । भिडियो बनाइए र बजारमा ल्याइयो । परिणाम– समाज र स्थानीय जीवन बोल्ने ठेट लोक गीत ओझेलमा पर्दै हराउने अवस्थामा पुगे । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली लोक गीतसंगीतको क्षेत्रमा निकै लामो समय काम गरेका श्रष्टा जयनन्द लामालाई लोक गीत संगीत हराउँदै गएको जस्तो लाग्न थालेको छ । “हामी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुगेर लोक गीतका भाका र शब्द संकलन गरेर गाउँथ्यौं । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जाने हाम्रो चार जनाको टोलीमा अमर गुरुङ पनि हुनुहुन्थ्यो,” ‘कलकत्ते काईंयो’, ‘चुईंचुईं चुईंकिने जुत्ता’ लगायत गीतका सर्जक जयनन्द भन्छन्, “अहिले न राज्यले लोक गीतसंगीतको संरक्षण र संवद्र्धनमा ध्यान दिएको छ न व्यक्तिले नै ।” 

देशको अस्तित्व र पहिचान झल्काउने लोक गीत नै नरहे नेपाल र नेपालीको पहिचान पनि हराउने उनको भनाइ छ । “बाइसे चौविसे राज्य हुँदा गरागरामा लोक भाका थियो । राणा शासन आएपछि भारतीय गीतसंगीतले प्रश्रय पायो,” उनी भन्छन्, “अहिले भारतीय गजल, गायन र सरगमलाई हामी आत्मसाथ गरेर हिँडिरहेका छौं । यसलाई नै हाम्रो भनेर हिँडिरहेका छौं । यही अवस्था रहिरहे अबको केही दशकमा हाम्रो लोक गीत नै रहने छैन ।”

Global Ime bank

पूर्वेली ठेट लोक गीतका गायक हुन््, तुलसी पराजुली । उनका ‘सालैज्यू’ होस् या त ‘आकासैको कालो बादल’ पूर्वेली जीवन बोल्ने गीत हुन् । उनी पछिल्लो समय लोक गीतसंगीत ओझेलमा परेको मात्रै होइन, हराउँदै गएको बताउँछन् । “पछिल्लो समय टिपिकल लोक गीत आएनन् । बजारी गीत मात्रै आए । युट्युबमा कसरी भाइरल बनाउने र भ्युअर्स बढाउने भन्नेतर्फमात्रै सबैको ध्यान गयो । लोकगीतको मर्म र भावनालाई समेटेर संवेदनशील रुपमा गाउने प्रवृत्ति कम भयो,” पराजुली भन्छन्, “निकै न्यून संख्यामा आएका पनि छन् तर त्यो पनि छायामा परेको छ । लोक गीतमा छेडखान त हुन्छ तर त्यसमा शालीनता हुन्छ । अहिले बजारमा बिक्छ भनेर नङ्ग्याएर बेच्ने प्रचलन आएको छ । जतिसुकै छिःछिः र दूरदूर गरे पनि संसारले त्यही सुन्दो र हेर्दोरहेछ । रक्सी र चुरोट खानु हुँदैन भनिन्छ तर संसारभर त्यही सबैभन्दा धेरै बिक्री हुँदोरहेछ ।” 

नग्न भएर आएका गीत नै युट्युबमा भाइरल भएर आएकाले लोक गीतका शुद्धता र शालीनता छायामा परेको गायक पराजुली बताउँछन् । “रुपै मोहनी कुमार बस्नेतको पुरानो गीतको कपी हो । त्यस्तै अरु धेरै गीत कपी र नक्कल गरेर गाइएको छ,” अहिले रुचाइएका धेरै गीत पुरानै गीत कपी गरिएको भन्दै उनी भन्छन्, “गीत संगीतमा पनि सेन्सर बोर्ड आवश्यक पर्ने भयो । गीतमा राखिएको भल्गर शब्दले बाल मनोविज्ञानमा कस्तो असर पार्छ, यसबारे सोच्ने बेला आइसक्यो ।”

कमलीकान्त भेटवाल पूर्वेली लोक गीत संकलन र गायनमा अग्रणी नाम हो । झम्के गुलेली उनको लोकप्रिय गीत हो । पछिल्लो पुस्ता स्टेजमुखी र अल्छी भएकाले लोक गीत हराउँदै गएको उनको भनाइ छ । “अहिलेको पुस्ता गाउँ पुगेर स्थानीय भाका र शब्द संकलन गर्ने जाँगर पनि चलाइरहेको छ जस्तो लाग्दैन,” गायक कमलीकान्त भन्छन्, “अहिलेको पुस्तालाई लोक दोहोरी नै लोक गीत हो भन्ने परिसकेको छ । मनोरन्जन र आत्मरञ्जनभन्दा पनि कम्मर हल्लाउने गीत गाउने प्रचलन बढ्दै गएकाले ठेट लोक गीत आउन छोडे ।”

लोक गीतसंगीतमै पीएचडी गरिरहेका छन् कमलीकान्त । लोक भाका स्थानीयस्तरमा मात्रै रुचाइन्छ भन्ने मानसिकताले पनि व्यापारिक दृष्टिकोणले हेर्नेहरुले ठेट लोकगीतको संकलन तथा गाउनमा ध्यान नदिएको उनको बुझाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ८, २०७५  १३:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC