site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कठै ! मेरो मधेस 

मैले मेरो नाम विनोद मण्डल हो भन्नेबित्तिकै कतिपयले सबैभन्दा पहिले यो तराई मूलको मधेसी समुदायको व्यक्ति हो भन्ने सोचिहाल्छन् । तर, म त सबैभन्दा पहिले यस देशमा बसोवास गर्ने अरूजस्तै सामान्य नेपाली नै हु ।

नेपालको दक्षिणतर्फको भूभागमा अवस्थित समथर, सदावहार र हरियालीले ढाकिएको सुन्दर भूमि हो मधेस । प्राकृतिकरूपमै समथर र नेपालका अन्य भूभागभन्दा बढी उर्वर भए पनि मधेसले बेलाबखत प्राकृतिक विपत्तिको पीडा भोगिरहनुपर्छ । यही कारणले अहिले सुनका टुक्राजस्ता मधेसका जमिन प्रायः सुख्खा र अनुर्वर हुँदै गएको छ । यही तराईको मुटुमा अवस्थित एसियाकै प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरको आफ्नै विशेष धार्मिक महत्त्व छ । तर, दुई चारजना पाखण्डीहरूको सोचका कारण उक्त मन्दिरको पवित्रतामा सबाल उठ्न थालेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कुनैबेला शान्तिका अगुवा हामी मधेसी आज दुईचार जना सीमित स्वार्थी नेताको भ्रमबाट आक्रान्त छौँ । यो समाजमा मधेसको  हितको लागि भन्दै दर्जनौ पार्टी, सयांै गैरसरकारी संस्था दर्ता भए पनि आजसम्म समग्र मधेसको हिमा कसैले सोचेको देखिएको छैन। यसलाई सुन्दर र समृद्ध समाज बनाउन न त कुनै नेतासँग दूरदृष्टि छ न त कसैले प्रयासै गरेका छन् । जनतालाई कसरी भेडा बनाएर प्रदेशको मुख्यमन्त्री बन्ने, जातीय नाराको भरमा राज गर्ने भन्नेमात्र सोच्छन् । तिनले साँच्चै नै जनताको हितमा पनि सोचिदिएको भए आज मधेस यस आवस्थामा पक्कै रहने थिएन । अहिलेसम्म तिनले सोझा र निमुखा जनताको रगत चुस्ने काममात्र गरेका छन् ।

बाहिर समानता  र नारी आधिकारका आवाज उठाउनेहरूबाट नै सबैभन्दा  पीडित छन्  मधेसका नारी । नारीलाई विभिन्न बहानामा होच्याउने र दाइजो प्रथाको कारण झन् झन कठिनाइ बढ्दै गईरखेको छ । राज्यले नै नारी र पुरुष समान छन् भने पनि मधेसका लाखौं चेली आफ्नै परिवारको दवाबले गर्दा अहिलेसम्म स्कुलको  ढोकासम्म पनि पुग्नसकेका छैनन् । तर, मधेसमा यस्ता विषयमा बहस गरिँदैन । 

Global Ime bank

उत्तिकै खर्च लगाएर छोरी र छोरालाई पढाइन्छ तर विवाहका बेला छोरा पढाएको खर्च बेहुली पक्षबाट असुल गर्ने चलन छ । समाजमा प्रगतिसँगै दाइजो प्रथा उन्मूलन हुँदै जानुपर्नेमा यो विकृति झन् बढ्दै गएको देखिएको छ । 

मधेसी समुदायमा देखिने अर्को विकृति जातिको मोह पनि हो । अरू बेला जति नै मनमुटाव भए पनि चुनावका बेला मधेसी समुदायमा जातीय मोह जागेर आउँछ । यसको परिणाम राम्रो व्यक्ति जनप्रतिनिधि चुनिनै नसक्ने स्थिति छ । यसबाट मधेसी समाज कता जादैँछ भन्ने देखिन्छ ।  

मधेस र देशको हित चाहने हो भने चुनावका बेलामा जातीय मोह त्यागौँ । कुशल, नैतिक, इमानदार र दूरदर्र्शी व्यक्तिलाई समाज परिवर्तनको निमित अघि सारौँ । यसबाट मात्र केही हदसम्म भए पनि हाम्रा सन्ततिको भलो हुनेछ । हामी जातिमा विभाजित हुनमा हैन सिंगो मधेसी भएर राम्रो उदाहरण बनौ र आफूलाई नेपालि भनी चिनाउनमा गर्व गरौँ । हामी मिलेर सिंगो नेपाल निर्माणतर्फ लागौँ । केही स्वार्थी र धूर्त नेताहरूको गफ  सुनेर उत्तेजित नहोऊँ । जसले जे भने नि पत्याउने र पछि लाग्ने भेँडा नबनेर आफ्नोे समाजमा रहेका अशिक्षा, घरेलु हिंसा, अन्धविश्वास जातीय भेदभावजस्ता विसंगतिसँग लड़ौँ !  म आफूलाई नेपाली र मधेसी दुवै भन्न गर्व गर्न चाहन्छु ।
सचिव, अखिल क्रान्तिकारी मूल इकाइ कमिटी, कान्तिपुर सिटी कलेज, काठमाडौं
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ८, २०७५  १४:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC