site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सुनको भाउ घट्यो, तोलाको ६० हजार ७ सय  
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बहुमूल्य धातु सुनको भाउमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार कालागि छापावाल सुनको भाउ तोलाको ६० हजार ७ सय रुपैयाँ तोकेको छ । यो हिजो सोमबारको दाँजोमा २ सय रुपैयाँले कम हो । 
महासंघका अनुसार छापावाल सुन पछिल्ला चार दिन तोलाको ६१ हजार रुपैयाँमा स्थिर रहेपछि आइतबार २ सय घटेर ६० हजार ८ सयमा कारोबार भएको थियो । त्यसपछि सोमबार १ सयले बढेर ६० हजार ९ सय पुगेको थियो ।  
यसअघि नेपालमा सुन सर्वाधिक महँगो हुँदा तोलाको ६२ हजार ५ सयसम्म पुगेको रेकर्ड छ । अमेरिकी अर्थतन्त्र खस्किँदै जानु, अमेरिकी डलर अन्तर्राष्ट्रिय बजारमा कमजोर हुँदै जानुलगायत कारण सुनको भाउ उच्च भएको थियो । 
भारतको अर्थतन्त्र पनि ओरालो लागेका कारण भारतीय रुपैयाँ (भारु) डलरको दाँजोमा कमजोर हुँदै जाँदा सुनको भाउ बढ्न थप बल पुगेको थियो । स्थानीय बजारमा डलर भाउ बढेको देखिए पनि अन्तर्राष्ट्रिय बजारमा खस्किएको छ र यसैको प्रभाव सुनको भाउ वृद्धिमा परेको महासंघको भनाइ छ ।
हाल मुलुकमा दैनिक २० किलोबराबर सुन बिक्री हुने गरेको छ । सुनचाँदी व्यवसायीले नेपाल राष्ट्र बैंक वा उसले तोकेका अन्य ‘क’ वर्गका वाणिज्य बैंकबाट दैनिक २० किलोसम्म सुन खरिद गर्न पाउँछन् ।
त्यसैगरी तेजाबी सुनको भाउ पनि २ सयले घटेर तोलाको ६० हजार ४ सय रुपैयाँ कायम भएको छ । हिजो सोमबार ६० हजार ६ सय र आइतबार ६० हजार ५ सयमा अडेको भाउ त्यसअघि चार दिन लगातार तोलाको ६० हजार ७ सयमा कारोबार भएको थियो । चाँदीको भाउ आज ५ रुपैयाँ घटेर तोलाको ७ सय ५० मा कारोबार भइरहेको छ । पछिल्ला चार दिन तोलाको ७ सय ६५ मा कारोबार भएपछि आइतबार र सोमबार १० रुपैयाँ घटेर ७ सय ५५ कायम भएको थियो । 
महासंघका अनुसार माघ ८ (आज) सम्मको मूल्यसूची हेर्दा छापावाल सुनको भाउ माघ १, २, ३ र ४ मा ६१ हजार, ६ मा ६० हजार ८ सय र ७ मा ६० हजार ९ सय रुपैयाँ थियो । 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ८, २०७५  १५:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC