site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
तीन राजदूत संसदीय समितिबाट अनुमोदित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले तीन जना राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले सरकारद्वारा क्यानडाका लागि प्रस्तावित राजदूत भृगु ढुंगाना, संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि तथा स्वीट्जरल्याण्डका लागि प्रस्तावित राजदूत मणिप्रसाद भट्टराई र कुवेतका लागि प्रस्तावित राजदूत दुर्गाप्रसाद भण्डारीको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । तीनैजना राजदूतको नाम संसदीय सुनुवाइ प्रक्रिया पूरा गरी सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । 
गत पुस ६ र ९ गते बसेको मन्त्रीपरिषद् बैठकले ढुंगानालाई क्यानडा, भट्टराईलाई स्वीट्जरल्याण्ड र भण्डारीलाई कुवेतसहित ५ जनालाई राजदूतको रुपमा सिफारिस गरेको थियो । समितिको बैठकमा प्रस्तावित राजदूतहरुले आ–आफ्नो योग्यता, क्षमता र भावी कार्ययोजनाबारे जानकारी गराएका थिए । क्यानडाका लागि प्रस्तावित राजदूत भृगु ढुंगानाले जलवायु परिवर्तनको असर नेपालमा पर्न नदिन क्यानडा सरकारसँग आवश्यक बजेटको व्यवस्था गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नेपालमा लगानी बढाउन पनि क्यानडा सरकारसँग पहल गर्ने योजना अघि सारे । 
संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधि तथा स्वीट्जरल्याण्डका लागि प्रस्तावित राजदूत मणिप्रसाद भट्टराईले संयुक्त राष्ट्र संघसँग आवद्ध संघसंस्थाहरुसँग आवश्यक छलफल गरी नेपालको लागि आवश्यक सहयोग जुटाउन पहल गर्ने प्रतिवद्धता जनाए । उनले आप्रवासी नेपाली श्रमिकहरुको हितमा आफू लागिपर्ने योजना पनि समितिलाई जानकारी गराए । 
कुवेतका लागि प्रस्तावित राजदूत दुर्गाप्रसाद भण्डारीले राष्ट्रको हितलाई केन्द्रमा राखेर कुवेतसँगको सम्बन्धलाई अझै प्रगाढ बनाउन आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नेपालमा कुवेतको लगानी भित्र्याउन पनि पहल गर्ने योजना अघि सारे । 
समितिको गत माघ ३ गते बसेको बैठकले फ्रान्सका लागि प्रस्तावित राजदूत दीपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकालको नाम पनि सर्वसम्मतिले अनुमोदन गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ८, २०७५  १५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC