site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आईसीसीका ३ विशेष अवार्डमा कोहलीको क्लिन स्वीप 
Sarbottam CementSarbottam Cement

एजेन्सी । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले प्रदान गर्ने अवार्डको तीन महत्वपूर्ण विधामा क्लिन स्वीप गरेका छन् । आईसीसी उत्कृष्ट वर्ष खेलाडी (सर गरफिल्ड सोर्बस ट्रफी), उत्कृष्ट टेष्ट वर्ष खेलाडी र उत्कृष्ट एकदिवसीय वर्ष खेलाडीको अवार्ड जित्ने कोहली पहिलो खलाडी बनेका छन् । 

आईसिसीको तीन मुख्य अवार्डको उपाधि हात पर्ने पहिलो खेलाडी बनेका कोहली आइसिसी टेस्ट र एकदिवसीय टोलीको पनि कप्तान बनेका छन् । गत वर्ष कोहलीले १३ टेष्टमा ५५.०८ कोे औसतमा १ हजार ३ सय २२ रन बनाएका थिए । उनले त्यसक्रममा ५ शतक बनाएका थिए । कोहलीले १४ एकदिवसीयमा १३३.५५ को औसतमा १ हजार २ सय  रन बनाएका थिए । जसमा ६ शतक सामेल छ । उनले ट्वान्टी–१० अन्तर्राष्ट्रिय पनि २ सय ११ रन बनाएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

दिल्लीका ३० वर्षे कोहलीले भारतलाई २००८ मा मलेसियामा सम्पन्न आइसीसी यु–१९ विश्वकपमा भारतलाई उपाधी जिताएपछि एका एक चर्चामा आएका थिए । कोहलीले टेष्ट र एकदिवसीयको वरियातामा शीर्ष स्थानमा रहेर यो वर्षको अन्त्य गरे । गत वर्ष दुवै स्वरुपमा कोहली उच्च रन बनाउने खेलाडी हुन् । २०१८ मा टेस्ट क्रिकेटमा १ हजार भन्दा धेरै रन बनाउने दुई खेलाडीमध्ये कोहली एक हुन् भने एकदिवसीयमा ३ खेलाडीमध्ये कोहली एक हुन् । 

गरफिल्ड सोर्बस ट्रफीको उपाधि जित्ने क्रममा कोहलीले दक्षिण अफ्रिकाका तिब्र गतिका बलर कगिसो राबाडा(दोस्रो) लाई पछि पारेका थिए । कोहलीले आइसिसी टेस्ट प्लेयर अफ दी इयरको अवार्डमा पनि राबडालाई पछि पारेका थिए । अफगानिस्तानका लेगस्पिनर रसिद खान आइसीसी एकदिवसीय उत्कृष्ट बर्ष खेलाडीमा  दोस्रो भए । 

Global Ime bank

अवार्डपछि भारतका कप्तान कोहलीले यो बर्षको क्यालेन्डरमा आफूले गरेको परिश्रमको फल पाएको बताए । उनले भने, “मलाई अद्भुत महशुस भइरहेको छ । टोलीले जुन प्रदर्शन गरिरहेको छ त्यसबाट म एकदमै खुसी छु । टोलीकोसँगै मेरो प्रदर्शन पनि राम्रो भएको छ । आइसीसीबाट पाएको सम्मानले एक क्रिकेटरमा हुनुमा गर्व गरिरहेको छु । किनकि यहाँ धेरै खेल्ने खेलाडी छन् ।”

आइसीसीको टेस्ट टिम 
टोम लाथम, न्युजिल्याण्ड
डिमुथ करुणारत्ने, श्रीलंका 
केन विलियम्सन, न्युजिल्याण्ड
बिराट कोहली(कप्तान), भारत 
हेनरी निकोलस, न्युजिल्याण्ड 
रिसब पन्त(विकेटकिपर), भारत
जसोन होल्डर, वेष्ट इन्डीज
कागिसो रावडा, दक्षिण अफ्रिका
नाथन लियोन, अष्टे«लिया 
जसप्रित बुमरा, भारत
मोहमद अब्बास, पाकिस्तान 

आइसिसी एकदिवसीय टिम 
रोहित शर्मा, भारत
जोनि ब्रेसट्रो, इङल्याण्ड
बिराट कोहली (कप्तान), भारत 
जो रुट, इङल्याण्ड
रोस टेयलर, न्युजिल्याण्ड 
जोस वुटलर(विकेटकिपर), इङ्ल्याण्ड
वेन स्टोक्स, इङल्याण्ड 
मुस्ताफिजुर रहमान, बंगलादेश
रसिद खान, अफगानस्तान
कुलदिप यादब, भारत 
जसप्रित बुम्ररा,भारत 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ८, २०७५  १६:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC