काठमाडौं । चलचित्र ‘रणवीर’ प्रचार तिव्र पारेको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा मोफसल टुरमा निष्किएको निर्माण युनिट चितवन पुगेको छ ।
चलचित्रले मंगलवार चितवनका सञ्चारकर्मीसँग भेटघाट गरेको छ । निर्माताद्वय गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीसँगै कलाकारहरुमा नरेश पौडेल, सुशील सिटौला, सुबेक्षा खड्का र सुपुस्पा भट्टले सञ्चारकर्मीसँग साक्षात्कार गरे ।
सुवेक्षा खड्का यही चलचित्रबाट डेब्यू गर्दैछिन् । चलचित्रको मुख्य भूमिकामा रणवीर अर्थात सुशील सिटौला छन् भने खलपात्रमा प्रशान्त ताम्राकार छन् । गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको चलचित्रमा टिका पहाडी, रवी गिरी, शैलेश्वरी सिंह, जगदिश रिजाल, बसन्ती भट्ट लगायतको अभिनय छ ।
माघ १८ गतेबाट प्रदर्शन हुने चलचित्रले माया, मित्रता र बदलाको कथालाई प्रस्तुत गरेको छ ।