site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
२१ जना मानवअधिकारकर्मी पक्राउ 
Ghorahi CementGhorahi Cement

काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राखेर सत्याग्रहमा बसेका डा. गोविन्द केसीको माग सम्बोधनका लागि दबाब सिर्जना गर्न धर्नामा बसेका २१ जना मानवअधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।  १५ औं अनशनका क्रममा डा. केसीसँग भएको सम्झौता अनुसार शिकित्सा शिक्षा विधेयक ल्याउनुपर्ने माग गर्दै म.गलबार संघीय संसद भवन अगाडि धर्नामा बसेका २१ जना अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।  

संसदलाई ढाट्ने पर्यटन मन्त्री रविन्द्र अधिकारीलाई पदबाट बर्खास्त गर्नुपर्ने, वाइडबडी जहाज खरिद भ्रष्टाचारमा संलग्न मूल दोषीहरुलाई कारवाही गर्र्नुपर्ने र सत्याग्रही प्रा. डा. केसीसँग सरकारले गरेका पूर्वसहमतिहरु कार्यान्वयन गर्नुपर्र्ने माग गर्दै धर्नामा बसेका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको मानव अधिकार तथा शान्ति समाजका कार्यक्रम अधिकृत सरिता पौडेलले जनाकारी दिइन । 

Agni Group

धर्नाबाट प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकारहरु होमकान्त चौलागाई, डा. गंगाधर अधिकारी, सचिव बलबहादुर गाहामगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य गीता तिमल्सिनालाई पक्राउ गरेको उनले बताइन् ।

पौडेलका अनुसार समाजका काठमाण्डौ शाखा कार्यवाहक सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, अधिकारकर्मीहरु ईश्वर पुडासैनी, सुकदेव अधिकारी, वि.पी पौडैल, ईश्वरी नेपाल, रुपा गिरी, बाबुराम न्यौपाने, नारायण श्रैष्ठ, विनीत अर्याल, किरण ढकाल, मुरारीप्रसाद फुयाल, नानीकाजी गिरी र अमृतजंग महतपनि पक्राउ परेका छन् । 

Global Ime bank

पक्राउ परेका सबै अधिकारकर्मीलाई प्रहरीले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेको छ । पक्राउ परेका अधिकारकर्मीहरुले धर्नामा ‘ठूला नेता मिलेका : साढे चार अरब निलेका’, ‘दुई तिहाई सरकारको उपहार : साढे चार अरव भ्रष्टाचार’, ‘डा. केसी सँगको सहमति कार्यान्वयन गर’, ‘जहाज खरिद भ्रष्टाचार : मूल दोषीहरुलाई कारवाही गर’, ‘ढँटुवा मन्त्री बर्खास्त गर’ लगायतका प्लेकार्ड बोकेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ८, २०७५  १७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC