site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एन्फामा भएको भनिएको आर्थिक अनियमितता छानविनका लागि मन्त्रालयद्वारा समिति गठन
Sarbottam CementSarbottam Cement

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)मा भएको भनिएको भ्रष्टाचार र अर्थिक अनियमिताबारे छानविन गर्न युवा तथा खेलकुद मन्त्रालयले उपसचिव अणप्रसाद न्यौपानेको संयोजकत्वमा तीन सदस्सीय छानविन समिति गठन गरेको छ ।

मन्त्रालयले सहसचिव समन्तमणि आचार्य, राष्ट्रिय खेलकुद परिषद (राखेप) का डेमबहादुर बस्नेत सदस्य रहेको छानविन समितिलाई आजकै मितीबाट लागु हुनेगरी दश दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिएको मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

पुस दोस्रो साता काठमाडौं, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल संघका अध्यक्षहरुले एन्फा निर्वाचनमा भ्रष्टाचार र अनियमितता भएको भन्दै अडियो टेप सार्वजनिक गरेका थिए । त्यसपछि चार जिल्ला फुटबल संघका अध्यक्षहरुले निर्वाचनबाहेक पनि एन्फा पदाधिकारीले आर्थिक अनियमितता गरेको आरोप लगाउँदै आएका थिए । उनीहरुले पुस २६ गते एन्फा नेतृत्वविरुद्ध भ्रष्टाचारको आरोपसहित छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संसदको सार्वजनिक लेखा समिति र प्रहरीमा उजुरी गरेका थिए । 

बारम्बार अनियमितताको कुरा सार्वजनिक रुपमा आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यसबारे चासो व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले पुस २८ गते शनिबार युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना र सदस्यसचिव केशबकुमार विष्टलाई आफ्नै निवास बालुवाटारमा बोलाएर तत्काल छानविन गर्न निर्देशन दिएका थिए । 

Global Ime bank

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले शुक्रबार आफूले कुनै आर्थिक अनियमितता नगरेको र छानविन गरी भ्रष्टाचार भएको पुष्टि गर्न चुनौती दिएका थिए । उनले टेप प्रकरणमा तोडमोड गरेर बाहिर आएको बताएका थिए । उनले एन्फामा आर्थिक पारदर्शिता कायम रहेको दाबी गरेका थिए ।

एन्फा निर्वाचनमा अनियमितता प्रकरण : चार जिल्ला अध्यक्षले गरे अडियो टेप सार्वजनिक

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ८, २०७५  १८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC