अर्थ व्यवसाय
काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जानेलाई दुई सय समय अमेरिकी डलर मात्रै सटही सुविधा उपलब्ध गराउन निर्देशन गरेको छ ।
बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाका अनुसार सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानीबापत अधिकतम अमेरिकी डलर २ सय सम्म मात्र सटही सुविधा उपलब्ध गराउन निर्देशन दिइएको छ ।
बैंकले बैंकिङ कार्यालयलगायत सम्पूर्ण कार्यालय, इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था तथा इजाजत प्राप्त संस्थालाई उक्त निर्देशन दिएको जनाएको छ । रासस
प्रकाशित मिति: बुधबार, माघ ९, २०७५ ०३:००
प्रतिक्रिया दिनुहोस्