site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नाडाल र केभितोभा सेमिफाइनलमा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । पूर्व विजेता राफेल नाडालले मंगलबार मेलबर्न पार्कमा २१ वर्षे फ्रान्सेस टिएफोईलाई ३–० को साझो सेटमा हराउँदै अस्ट्रेलियन ओपनको अन्तिम चारमा स्थान बनाएका छन् । स्पेनका नाडाल अस्ट्रेलियन ओपनको सेमिफाइनलमा स्थान बनाएको यो छैटौं पटक हो । 

१७औं पटकका ग्रान्डस्लाम विजेता नाडालले टिएफोइलाई ६–३, ६–४, ६–२ को सेटमा पराजित गरेका थिए । २००९ का विजेता नाडाललाई अमेरिकाका २१ वर्षे टिएफोईलाइ हराउँन १ घन्टा ४७ मिनेट लाग्यो । नाडालले अब फाइनलका लागि स्टेफानोस टिसिटिसिपससँग प्रतिस्पर्धा गर्नेछन् । ग्रिसका २० वर्षे टिसिटिसिपसले स्पेनका रोबेर्टो बाउटिस्टा अगुटलाई ३–१ को सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाएका हुन् । टिसिटिसिपसले चौथो चरणमा तेस्रो वरियाताका रोजर फेडेररलाई ३–१ कै सेटमा पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएका थिए । 

महिलातर्फ अमेरिकाकी ड्यानिल कोलिन्स र चेक गणतन्त्रकी पेत्रा केभितोभाले अन्तिम चारमा स्थान बनाएका छन् ।  कोलिन्सले रुसकी एनास्तासिया पाभलेउचेनकोभालाई २–१ को सेटमा हराएकी हुन् । आठौं वरियाताकी केभितोभाले अस्ट्रेलियाकी २२ वर्षिया एशलेघ बार्टेलाई ६–१, ६–४ को सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाएकी हुन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ८, २०७५  १८:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC