site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रितिज र दीक्षा च्याम्पियन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ललितपुरका रितिज जोशी र नेपाल आर्मीकी दीक्षा तामाङ मंगलबार प्रथम एन्टा कप राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगितामा यु–१८ उमेर समूहमा विजेता बनेका छन् । रितिजले पुरुष एकल तथा  दीक्षा महिला एकलतर्फ विजेता बनेका हुन् ।

लौनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा पुरुष एकलको फाइनलमा रितिजले एपीएफका सन्योग कपालीलाई ११–५, १३–११, ११!–५ को सोझो सेटमा पराजित गरे । दीक्षाले महिला एकलको फाइनलमा आफ्नै क्लबकी दीक्षा दाहाललाई ९–११, ११–९, ११–८, १२–१० को सेटमा हराएकी हुन् । 

अखिल नेपाल टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको क्याडेट पुरुष एकलमा एपीएफका विशाल गोले पहिलो भए । उनले मोरङका बोधित डिसीलाई ११–७, ११–७, ९–११, ११–९ को सेटमा हराएका हुन् । सोही स्पर्धाको महिला एकलमा भक्तपुरकी अन्जु सुवालले काठमाडौंकी समृति पन्तलाई ११–८, ११–७, ११–९ को सेटमा हराएकी हुन् । ३ दिनसम्म चलेको प्रतियोगितामा १ सय ५० खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ८, २०७५  १९:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC