site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेविसंघको जुलुसमाथि प्रहरी हस्तक्षेप, केही विद्यार्थी नेता घाइते 
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले काठमाडौंमा निकालेको जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । नेविसंघले डा. गोविन्द केसीका माग सम्बोधनको पक्षमा र निर्मला पन्तका हत्याको विरोधमा सडक आन्दोलनमा सुरु गरेको हो ।

‘‘पछिल्लो समयमा कम्युनिष्ट सरकार अनुदार रुपले चिकित्सा शिक्षा विधेयक पास गर्ने रणनीतिमा लागे पछि सदन भित्र र बाहिर सशक्त प्रतिरोध गर्ने नीति कांग्रेसले लिएपछि नेविसंघ सडक आन्दोलनमा उत्रिन लागेको हा,े’’ नेविसंघका अध्यक्ष नैनसिंह महरले भने । 
डा. केसीको समर्थनमा प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुमाथि प्रहरीले लाठी प्रहार गर्दा नेविसंघका महामन्त्री कुन्दन काफ्ले, उपसभापति रामप्रसाद अधिकारी लगायतका नेताहरु घाइते भएको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।

यसैबीच नेविसंघले यी प्रश्न अघि सार्दै बुधबारबाट आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ ।

Agni Group

यस्ता छन् सरकारलाई नेविसंघका १६ प्रश्न 

१) नेपाली कांग्रेसको सरकारले डा. गोविन्द केसीले उठाएका माग समबोधन गर्ने गरी ल्याएको चिकित्सा शिक्षा विधेयक किन फेरियो ? 

Global Ime bank

२) निर्मला पन्त बलात्कार हत्याकाण्डका अभियुक्तहरुलाई सरकार निक संरक्षण गर्दैछ ? 

३) ३३ किलो सुन काण्डका अपराधी कता लुकायौ ? 

४) वाइडबडी घोटालामा सरकारी संलग्नता ढाकछोप किन ? 

५) पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना हुन लागेका स्वास्थय संस्था किन खारेज गर्न खोजिदै छ ? 

६) दैनिक उपभोग्य  बस्तुमा ३०० प्रतिशत भन्दा बढी मूल्यवृद्धि किन ? 

७) चिनी लगायतमा भएको अर्बौंको भ्रष्टाचारको छानविन कहिले हुन्छ ? 

८) कांग्रेस सरकारको पालामा ल्याएको सामाजिक सुरक्षा कार्यक्रम कटौती किन ? 

९) राष्ट्रिय गोरवको बुढी गण्डकी जलविद्युत आयोजना विदेशीलाई किन ? 

१०) यातायातको सिण्डकेट नहटाउन कति कुम्ल्यायौ ? 

११) प्राज्ञिक थलो विश्वविद्यालयमाथि सरकारी हस्तक्षेप किन ? 

१२) नेविसंघको आन्दोलनबाट प्राप्त उपलब्धि विद्यार्थीलाई सर्टिफिकेट धितो राखेर बिना व्याजन ऋणको व्यवस्था कहिले लागू हुन्छ ? 

१३) शिक्षामा २० प्रतिशत बजेटको व्यवस्था किन भएन ? 

१४) माध्यामिक शिक्षा निःशुल्कको सवैधानिक व्यवस्था कहिले लागू हुन्छ ? 

१५) विद्यार्थीका लागि नियमित निःशुल्क स्वास्थ्य विमा किन कार्यान्वयन भएन ? 

१६) नेविसंघको आन्दोलनले जन्माएको स्ववियु निर्वाचनको कार्यतालिका किन प्रकशित हुदैन ?    
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ८, २०७५  १९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC