site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
किन सुस्तायो चीनको चामत्कारिक विकास ? नेपाललगायत मुलुकमा असर
Ghorahi CementGhorahi Cement

एजेन्सी । पछिल्ला केही वर्षदेखि चामत्कारिक विकास गर्दै आएको छिमेकी चीनको आर्थिक गतिविधिमा आएको सुस्तताले संसारलाई चकित पारिदिएको छ । औद्योगिक मुलुकको उपनाम पाएको चीनमा देखापरेको आर्थिक हालत विश्व अर्थव्यवस्थाकै लागि चिन्ताको विषय बन्न पुगेको छ । 

त्यस विशाल मुलुकको डिसेम्बर २०१८ को निर्यात अघिललो वर्ष सोही महिनाको तुलनामा ४.४ प्रतिशत घटेको छ । निर्यातमात्र होइन आयातमा पनि अप्रत्याशित गिरावट आएको छ । यही अवधिमा उसको आयातमा ७.६ प्रतिशतले गिरावट आएको छ । चीनबाट वस्तु आयात गर्ने मुलुकहरुले माग नै कम गर्न थालेका छन् । 

पछिल्लो १९ महिनामा पहिलो पटक चीनको निर्माण गतिविधि (म्यानुफ्याक्चरिङ एक्टिभिटिज) मा कमी आएको छ । नयाँ अर्डर घटेको छ भने खुद्रा बिक्रीको हालत पनि त्यस्तै छ । कम्पनीहरुले बिक्री बढाउन छुटको व्यवस्था गर्दा पनि काम लागेको छैन । 

Agni Group

केही कम्पनीको क्यापसिटी युटिलाइजेसन ४० देखि ५० प्रतिशतसम्म घटेको छ । प्रायः ऋण नपाउने त्यहाँका निजी कम्पनीहरुलाई सरकारले सहयोग पनि गरेको छैन । मुडिज इन्भेस्टर सर्भिसका अनुसार जनवरी २०१४ देखि डिसेम्बर २०१८ सम्ममा जुन कम्पनीले डिफल्ट (भुक्तानी नगर्ने) गरे तीमध्ये अधिकांशले सरकारी सहयोग पाएका छैनन् । 

ठूलो चिन्ताको विषय

Global Ime bank

चीनको कर्जाको आकार निकै बढ्दै छ । साथै, खराब ऋण (ब्याड लोन) को जोखिम पनि बढिरहेको छ । चीनका आमनागरिक सरकार तथा कम्पनीहरुको कर्जा जीडीपीको करिब ३ गुणा हुन पुगेको छ ।  औद्योगिक उत्पादनमा वृद्धि भए पनि त्यो निकै सुस्त छ । साथै, ग्राहकमा आएको कम खर्च गर्ने बानीले कम्पनीहरुको प्रफिट मार्जिन घट्न पुगेको छ । यसले बढी मात्रामा रोजगारीमा असर गर्ने खतरा हुन्छ । 

चीनमा माग कम हुनुको असर संसारभर पर्न गएको छ । त्यहाँ गाडीदेखि आईफोनसम्मको बिक्री घटेको छ । यसबाट एप्पल, जगुआर तथा ल्यान्डरोभरजस्ता कम्पनी चिन्तित हुन पुगेको छन् । चीनको एक्सपोर्ट हब मानिएको गुआङदोङस्थित केही कम्पनीले यसपटक नयाँ वर्षको छुट्टी निकै अघिदेखि नै दिएका थिए । यसो हुनुको प्रमुख कारणमा अमेरिका–चीनको ‘ट्रेडवार’लाई ठानिएको छ । 

चिनियाँ मन्दीको असर 
चिनियाँ उद्योगहरुको ‘इन्टरनेसनल सप्लाइ चेन’सँग निकै नजिकको सम्बन्ध छ । यो शताब्दी अर्थात २०२१ को आगमनसँग वैश्विक आर्थिक गतिविधिमा चीनको हिस्सा ७ प्रतिशत थियो, जुन यो वर्ष बढेर १९ प्रतिशतसम्म पुग्ने अनुमान छ । चीनको अर्थतन्त्र यस्तो गतिमा बढेको छ कि त्यहीँबाट अन्य थुप्रै मुलुकका उत्पादनहरुको मूल्य तय हुने गरेको छ । 

संसारभर उत्पादन हुने स्टिल, तामा, कोइला तथा सिमेन्टको आधा भाग चीनले खपत गर्छ । अब चीनले ती वस्तुको माग घटायो भने मूल्य पनि स्वतः घट्ने नै भयो । यसको असर चौतर्फी पर्छ नै । 

के गर्दैछ चीन ?
चीनले आफ्ना विभिन्न निर्माण परियोजनाहरुमा तीव्रता दिन थालेको छ । कतिपय क्षेत्रमा ट्याक्स घटाइदिएको छ । माग वृद्धि गराउनका लागि केही वस्तुमा आयात शुल्क (इम्पोर्ट ड्युटी) घटाइदिएको छ । 

यतिमात्र होइन, सानासाना उद्योगमा फन्डिङका लागि चिनियाँ सेन्ट्रल बैङ्कले बैङ्कहरुको रिजर्भ रेसियो कम गर्दै नीतिगत दर घटाएको छ । चीनका नीति–निर्माताले यस्तो कदम चाल्ने प्रतिबद्धता गरेका छन्, जसबाट त्यहाँको रोजगारी ठूलोमात्रामा घट्ने छैन । कतिपय ठूला योजनालाई कम ध्यान दिने बताएको छ । 
 

भारतको चिन्ता 
भारतले सबैभन्दा बढी आयात चीनबाट गर्छ । उसले आफ्नो कुल आयातको १६ प्रतिशत चीनबाट गर्छ । भारतले गर्ने निर्यातमा भने चीन चौथो नम्बरमा पर्छ । भारतबाट चीनतर्फको निर्यात ४.३९ प्रतिशत रहेको छ । यस्तो अवस्थामा चिनियाँ युआन कमजोर भयो भने भारतको आयात सस्तो हुन्छ । चीनले बल्क उत्पादन गर्ने हुनाले वस्तु सस्तो पाइन्छ । यसबाट भारतीय कम्पनीलाई घाटा हुन सक्छ । भौतिक पूर्वाधारमा चीनको मद्दत लिन सक्दा भारतलाई फाइदा हुन सक्छ ।

नेपालमा असर
भारतलगायतका मुलुकमा चीनमा आएको अप्रत्याशित आर्थिक गिरावटबारे घनीभूत छलफल हुन थालेको छ । नेपाल भने यस विषयमा मौन छ । चीनका आँखामा कम महत्वको वा सामान्य ग्राहक (वस्तु तथा सेवा) नेपाल हो । चीनले व्यापारिक हिसाबमा ठूलो महत्व नदिए पनि नेपालमा चिनियाँ मन्दीले असर नपर्ने पक्कै होइन । दुईतिहाइको दम्भ पालेर बसेको वर्तमान सरकारले यस विषयमा तत्कालै विमर्श थालिहाल्नुपर्ने देखिन्छ । अन्यथा, असर ठूलै नपर्ला भन्न सकिन्न ।
एजेन्सीहरुको सहयोगमा  


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ९, २०७५  ०६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC