site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राष्ट्रिय बुद्धिचालमा सुश्रुत उपाधिको नजिक
Ghorahi CementGhorahi Cement

विराटनगर । मोरङको पथरीमा जारी ‘सहिद रत्नकुमार वान्तावा प्रथम राष्ट्रिय खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता–२०७५’ को आठौ राउण्ड पूरा हुँदा सुश्रुत दाहाल ७ अंक सहित उपाधिको नजिक पुगेका छन् । 

दाहालले मंगलबार भएको आठौं राउण्डको खेलमा राजन सुवेदीलाई पछि पार्दै प्रतियोगिताको सर्वश्रेष्ठ अंकसहित उपाधि नजिक पुगेका छन् । त्यसैगरी पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपाली र क्यान्डिडेट मास्टर ९सीएम कृष्ण थापा ६ दशमलब ५ समान अंकसहित दाहाललाई पछ्याएका छन् । नेपाली र थापाले आठौ राउण्डको खेलमा बराबरी खेलेपछि दुवैजना प्रतियोगिताको उपाधिको दौडमा रहेका छन् ।  त्यसैगरी सुरवीर लामा, प्रकाश नेपालले पनि ६ दशमलब ५ अंक प्राप्त गरेका छन् ।

Agni Group

खेलमा भुपेन्द्र निरौला, राजन पुरी, सुमन लामा, रिजेन्द्रराज भण्डारी, सुमन श्रेष्ठ, नवीन तण्डुकर, विवेक श्रेष्ठ, राजेन्द्र राई, पदम रुपाचा, श्याम लिम्बूले ६–६ अंक प्राप्त गरेका छन् । 

प्रतियोगितामा राजन सुवेदी, सुमन राई, ज्वाला इम्बुङ लिम्बू, आशिस फुयलले ५।५ अंक ल्याएर पुरस्कारको दाबेदारी गरिरहेका छन् । त्यसैगरी उमेश शाह, बसन्त लामा, राजन पहाडी, यमकुमार कार्की, विवेक भज्रचार्यले ५–५ अंक प्राप्त गरेको प्रतियोगिताको प्रमुख आर्बिटर विजयकुमार थापाले बताए । बुधबार ९आज० फाइनल राउण्डको खेलहुने आयोजक फ्रेण्डसीप चेस क्लवका कार्यक्रम संयोजक अर्जुन जम्नेली राईले बताए । 

Global Ime bank

प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो हुने खेलाडीलाई क्रमस नगद ५०, ४०, ३० हजार पुरस्कार प्रदान गर्नेछन् । खेलमा  १५ औं स्थानसम्म खेलाडिले नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी प्रदेश १ च्याम्पियन, मोरङ जिल्ला, पथरीशनिश्चरे नगरपालिका च्याम्पियन, फरक क्षमता, अन रेटेड लगायत गरेर ३९ जनालाई नगदसहित पुरस्कारको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ ।  प्रतियोगितामा देशभरबाट १३५ जना प्रतिस्प्रर्धामा उत्रिएका छन् । प्रतियोगितामा चार जना पूर्व नेपाल च्याम्पियन, एक फिडे मास्टर ९एफ।एम।०, तीन जना क्यान्डिडेट मास्टर ९सीएम र एक जना वीमेन क्यान्डिडेट मास्टर ९डब्लूएफएम समेत भिड्दै आएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ८, २०७५  २०:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC