site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
rJFf_RPbSMw
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिपक्षको अवरोधका बीच पनि चिकित्सा शिक्षा विधेयक पारित गर्ने प्रयास भएपछि संसद्मा मंगलबार मुठभेडको अवस्था सिर्जना भएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेको अस्पताल संघीय सरकारको मातहत राख्ने निर्णय मन्त्रिपरिषदको बैठकबाट नभएसम्म सदन चल्न नदिने भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वेल घेराउ गरेको थियो ।

वेल घेराउकै बीचमा सभामुख कृष्णबहादु महराले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई ‘शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए । उक्त विधेयक त्यसलगत्तै पारित गर्ने कार्यसूची प्रतिनिधिसभाको थियो । आफूसँग भएको सहमति पूर्ण कार्यान्वयन गरेर विधेयक सच्याउनुपर्ने डा. गोविन्द केसी १६ औं सत्याग्रहमा छन् । 

सभामुखले मन्त्रीलाई समय दिएलगत्तै कांग्रेस सांसदहरु आक्रोशित भएका थिए ।  कांग्रेस सांसदहरुले मन्त्री पोखरेललाई रोष्ट्रममा जान रोक्ने प्रयास गरेपछि सत्तापक्षका सांसदहरुले मन्त्रीलाई घेरामा राखेर रोष्ट्रमतर्फ लगेका थिए । त्यहिबेला कांग्रेसका सांसदहरुले आफूलाई ‘कुहिनाले हिर्काएको’ मन्त्री पोखरेलले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

सत्तापक्ष र विपक्ष सांसदबीच वेलमा धकेलाधकेल भएपछि सभामुख महराले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । स्थगित बैठक केहीबेरमा सूचना टाँस गर्दै शुक्रबारसम्मका लागि स्थगित गरिएको थियो । कांग्रेसले सभामुख पार्टीको कार्यकर्ता र सरकारजस्तै बनेको भन्दै आक्रोश व्यक्त गरेको छ ।

“सभामुख कोठामा नबसेर मन्त्रीलाई पहिले नै लगेर रोष्ट्रममा राख्ने ?,” कांग्रेस सांसद गगन थापाले आक्रोश व्यक्त गर्दै भने, “हाम्रो विषय संसदको सभामुखसँग हो । सभामुखले संसद र प्रतिपक्षको मर्यादा राख्नुभएन । प्रतिपक्ष उभिएका बेला र सिंगो सदन उभिएको बेला सदन चल्छ ? सभामुख पार्टीको कार्यकर्ता हो ?”

Global Ime bank

थापाले सभामुखले यसअघि पनि यस्तै व्यवहार देखाएको आरोप लगाए ।

“यो भन्दा पहिले पनि यस्ता कुरा भएका छन् । आज जुन व्यवहार भएको छ । शक्ति पृथकीकरण भुलेर डरलाग्दो परिदृष्यको घटना भएको छ । ११ गते अघि नै आज भएको घटनाका बारेमा कांग्रेससँग बसेर क्षमायाचना गर्ने र आइन्दा यस्तो काम नगर्ने अवस्था आएन भने हामी सडक र सदनबाटै आन्दोलन गर्छौं,” थापाले भने ।

उनले प्रतिपक्षलाई समाप्त पार्ने प्रयासका रुपमा लिएको बताउँदै सरकारको कुरा पनि सभामुखले जिम्मा लिन खोजेको बताए ।

“जबसम्म नेपाल सरकारले हामीले उठाएका विषय सम्बोधन नगरेसम्म सदन नचलोस् भन्ने हो । सरकारको कुरा सभामुखले जिम्मा लिने हो ?,” थापाको प्रश्न थियो, “हामीलाई वेलसम्म जाने बाटो रोकेर राख्ने ? सरकारको नियत र सदनको नियत एकै हुन्छ ? आजै देखाइदिन्छौं भनेर भन्ने ? अस्पतालको विषय पनि सामान्य विषय होइन । यो नेपाली कांग्रेसको अस्तित्वलाई समाप्त पार्ने प्रयास हो । प्रमुख प्रतिपक्षलाई पनि उभिन पाउँदैन भने देशमा केही उभिने वातावरण छैन भनेर संकेत दिएको हो ।”

उता नेकपाका सांसद खगराज अधिकारीले भने कांग्रेसले आफ्नो मुखुण्डो उघारेको आरोप लगाए ।

“कांग्रेसले मर्यादा मान्दैन भनेर भन्नुपर्यो । कांग्रेसले उठाएको विषय शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा नै पोखरा विश्वविद्यालयमा नै लैजानुपर्छ भनेर निर्णय गरेको छ। गिरिजाप्रसाद कोइराला अस्पताल जनताले बनाएको अस्पताललाई त्यसबेलाका स्वास्थ्यमन्त्रीले साइनबोर्ड झुन्डाएका मात्रै हुन्,” उनले भने , “कांग्रेस सांसदले हदैसम्मको काम गर्नुभएको छ । उहाँहरुकै अनुरोधमा स्थगित गराइएको हो । कांग्रेसको मुखुन्डो उघारियो । गोविन्द केसी अनशनमा बसालेको प्रमाणित भयो । दुईवटा माग देखाउने मात्रै हो । एजेन्डाविहीन भएपछि यस्तो काम हुँदैछ । यो मात्रै रोक्नुपर्ने प्रक्रिया हुन्छ ? संसदमा गएको कति भयो ? रोक्नैपर्ने कसम खाएको किन ? शान्ति प्रक्रिया पूरा भइसकेका बेला पनि त्यो बेलाका जघन्य अपराधीलाई कारवाही गर्नुपर्छ भनेर संविधानलाई उल्लंघन गर्न खोजेको हो ? कांग्रेस यसैको मसिहा बनेको हो ?”

उनले मन्त्रीमाथि पनि हातपात भएको बताए ।

मन्त्री पोखरेलले पनि आफुलाई कुहिनाले घचेटेको बताए ।

“अनशन चिकित्सा शिक्षासँग मात्रै सम्बन्धित छैन,” उनले भने, “मलाई केही भएको छैन । मन्त्रीको ठाउँबाट जान्छु । प्रतिपक्षका साथीहरुले जे जे गर्नुभयो । कुहिनाले मन्त्रीलाई जान नदिने हो ? मैले पनि विगतमा प्रमुख सचेतक भएर काम गरेको छु । म गइराखेको बेला मलाई कुहिनाले घोँच्न मिल्छ ? यो काम संसदको मर्यादाभित्र पर्छ ? सभामुखलाई आफ्नो च्याम्बरसम्म जान नदिने रवैया कहिँ देख्नुभएको छ ? नेपालको इतिहासमा नभएको काम भएको छ । सभामुखलाई च्याम्बरमा जान नदिन काम प्रतिपक्षले गरेको छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ८, २०७५  २०:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC