site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चट्याङबाट दुईजनाको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

परशुराम (रासस) ।  डडेल्धुराका फरक÷फरक स्थानमा चट्याङ लागेर मंगलबार दुईजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा गन्याधुरा गाउँपालिका–५ गनेडा गाउँकी १२ वर्षीया रोशनी देउवा र आलिताल गाउँपालिका–३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेका छन् ।

देउवाको उपचारका क्रममा डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको थियो । भुवनेश्वरी माविमा पढिरहेको अवस्थामा एक्कासि चट्याङ लागेर रोशनी गम्भीर घाइते भएकी थिइन् । थापाको घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए ।

यसैबीच आलिताल गाउँपालिका–५ भित्रीसैनमा पनि चट्याङ लागेर चारजना घाइते भएका छन् । चारै जनालाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ९, २०७५  ०७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC