site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्डको परिवार नै भाइरलको समस्यामा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । भाइरल ज्वरोबाट बिरामी पर्नुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ ।  ज्वरोबाट प्रभावित भएपछि अध्यक्ष दाहालले मंगलबार ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा स्वास्थ्य परीक्षण गराएको राससले जनाएको छ ।

चिकित्सकले पूर्वप्रधानमन्त्री दाहाललाई दुई/तीन दिन घरमै आराम गर्न सुझाव दिएको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । चिकित्सकको सल्लाह अनुरुप अध्यक्ष दाहाल आफ्नै निवासमा आराम गरिरहेका छन् । अध्यक्ष दाहालले आफ्नो स्वास्थ्य अवस्थाबारे चासो राख्ने शुभचिन्तकप्रति आभार प्रकट गर्दै आफू चाँडै स्वस्थ्य हुने विश्वास व्यक्त गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यसैगरी तीन दिनदेखि सुमेरु अस्पतालमै उपचारत अध्यक्ष दाहाल पत्नी सीताको स्वास्थ्यमा पनि उल्लेख्य सुधार भएको र चाडै उनी निवास फर्कने प्रेस संयोजक सापकोटाले जानकारी दिए ।यसैबीच खानेपानी मन्त्री बिना मगरको स्वास्थ्यमा समस्या देखिएको छ । 
रुघाखोकी र भाइरल ज्वरोले सताएपछि मन्त्री मगरलाई सोमबार राति ललितपुर धापाखेलस्थित सुमेरु अस्पताल भर्ना गरिएको छ । 

मन्त्री मगरको अहिले उपचार जारी छ रहेको मन्त्री मगरको सचिवालयले जानकारी दिएको छ । मन्त्री मगरको नाक र घाँटीमा इन्फेक्सन भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।  मौसमी भाइरलका कारण प्रचण्डका नाती पनि बिरामी परेका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ९, २०७५  ०७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC