बेइजिङ । चीनले टेलिकम कम्पनी हुवावेका आर्थिक मामिला प्रमुख मेङ वान्झाओको सुपुर्दगी क्यानडासँग नमाग्न अमेरिकालाई आग्रह गरेको छ । मेङ सन् २०१८को डिसेम्बर १मा क्यानडाको भ्यान्कुभरमा गिरफ्तारीमा परेकी थिइन् । क्यानडाले उनलाई अमेरिकाको आग्रह अनुसार गिरफ्तार गरेको बताउँदै आएको छ । उनी अहिले धरौटीमा रिहा भएपनि क्यानडा बाहिर जान पाएकी छैनन् ।
चीनका विदेश मन्त्रालयका प्रवक्ता हुवा चुन्यीङले मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अमेरिका र क्यानडाबीचको सुपुर्दगी सन्धी मेङको हकमा लागू नहुने जनाएकी छन् ।
उनले चीन अमेरिकाले मेङमाथिको गिरफ्तारीको वारेन्ट फिर्ता गरोस् भन्ने पक्षमा रहेको समेत बताइन् । चीन सम्बन्धी १४० जना अन्तर्राष्ट्रिय विज्ञ र ५ जना चीनका लागि क्यानडाका पूर्वराजदूतहरुले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई चीनमा पक्राउ परेका दुई जना क्यानडेली नागरिकलाई रिहा गर्न आग्रह गरेको भोलिपल्ट चीनले यस्तो भनाई सार्वजनिक गरेको हो । (एजेन्सी)