site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मेलम्ची आयोजनामा प्रक्रियाअनुसार ठेकेदार नियुक्त गर्नै १ वर्ष लाग्छ  !
Sarbottam CementSarbottam Cement

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा नयाँ ठेकेदार नियुक्तिका लागि सरकारले ठेक्का प्रक्रिया छोट्याउने तयारी गरेको छ । मेलम्ची विकास समितिले आयोजनाको काममा ढिलाइ नगर्न ठेकेदार नियुक्ति फास्ट ट्रयाकबाट गरिने बताएको छ ।
सार्वजनिक खरिद ऐनअनुसार टेन्डरका लागि सूचना प्रकाशित गरी ४५ दिन र थप १५ गरी २ महिनासम्म ठेकेदार कम्पनी पर्खनुपर्छ ।

“ठेकेदार कम्पनी छनोटको यही प्रक्रिया छोट्याउने तयारी भइरहेको छ,” समितिका प्रवक्ता राजेन्द्र पन्तले भने । मेलम्ची आयोजनाको ठेकेदार छनोट गर्न मन्त्रिपरिषद् बैठकले निर्णय गरे पनि सम्पूर्ण प्रक्रियाअनुसार निर्माण कम्पनी नियुक्त गर्न झण्डै १ वर्ष लाग्ने समिति स्रोत बताउँछ ।

Prabhu Bank
Agni Group
NIC Asia

सार्वजनिक खरिद ऐन र मन्त्रिपरिषद् निर्णयअनुसार कम्पनी नियुक्त गर्ने दुवै विकल्पको प्रक्रिया छोट्याउने तयारी भइरहेको छ । मेलम्ची आयोजनामा हालसम्म चीनको सीआसीसी र इटालीको सीएमसी कम्पनीले काम गरेका छन् । जसमा सीआरसीसीले ०५६ सालबाट ०६९ असोजसम्म काम गरेको छ । 

‘सन्तोषजनक प्रगति नदेखिएको’ भन्दै सरकारले आयोजनाबाट सीआरसीसीलाई हटाएको थियो । भूकम्प र नाकाबन्दीपछि सीएमसीले सरकारसँग १ अर्ब ३६ करोड क्षतिपूर्ति मागेकोमा सरकारले ३६ करोड मात्र तिर्ने शर्त तेर्स्याएपछि आयोजना र सीएमसीबीच असारबाट दूरी बढ्दै आएको हो ।

Global Ime bank

सरकारले क्षतिपूर्ति नतिरेपछि आर्थिक रुपमा टाट पल्टिएको बताउँदै पुस २ गतेबाट सीएमसीले मेलम्चीको काम छोडेको हो । मेलम्चीे आयोजनाको हेडवक्स, सुरुङ र भेन्टिलेसनको बाँकी काम गर्न नेपाली निर्माण कम्पनी नै छनोट गर्ने सरकारको तयारी रहेको समितिका प्रवक्ता पन्तले बताए । 

एसियाली विकास बैंक र मन्त्रालयको छलफलपछि बाँकी कामलाई विभिन्न प्याकेज बनाएर ठेक्का लगाइने छ ।  बाँकी कामलाई कतिवटा प्याकेज बनाएर कतिवटा निर्माण कम्पनीलाई ठेक्का लगाउने भन्नेबारे बुधबार टुङ्गो लाग्ने समिति स्रोतले बाह्रखरीलाई जानकारी दिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ९, २०७५  ०८:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC