site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपामा गुटै–गुट ! विप्लवका नेता–कार्यकर्ता प्रकाण्डको निसानामा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा चरम आन्तरिक गुटबन्दीको शिकार भएको छ । सुरक्षा चुनौती बन्दै गएको विप्लवको नेकपामा आर्थिक अपारदर्शीतादेखि नेताहरुको हुकुमे शैलीको बारेमा समेत चर्चा हुन थालेको छ ।
जनवादी केन्द्रीयता भन्दै केही नेताहरुले निरंकुशता लाद्न खोजेको भन्दै पार्टीको केन्द्रीय समितिदेखि जनवर्गीय संगठनमा चरम गुटबन्दी देखिएको छ । 

विप्लव अर्धभूमिगत हुँदा नेकपाको हर्ताकर्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बनेका थिए । तर प्रकाण्डले नै पार्टीभित्र गुटको अभ्यास सुरु गरेको विप्लव समूहको आरोप छ । प्रकाण्डले आफ्नो गुटबन्दीको सुरुवात क्रान्तिकारी पत्रकार संगठन नेपालबाट गरेका थिए । हाल पत्रकार संगठनमा समानान्तर कमिटीजस्तै छ । 

पार्टी स्थापना भएपछि प्रभात चलाउनेको नेतृत्वमा पत्रकार संगठनको ५२ सदस्यीय समिति गठन भयो । संगठनको उपाध्यक्षमा दिपेन्द्र रावल, महासचिव प्रज्वल श्रेष्ठ, सचिव शोभाकर पन्थी थिए । प्रभात, दिपेन्द्र विप्लव निकट हुन् । प्रभात पत्रकार महासंघको सचिव समेत भइसकेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसपछि फेरि पत्रकार संगठनको ०७५ वैशाखमा राष्ट्रिय भेला भयो । प्रभातलाई पत्रकार संगठनको नेतृत्वबाट बिदाई गर्न र नयाँ नेतृत्वको चर्चा चल्यो । प्रभातको बिदाईसँगै दिपेन्द्र रावल अध्यक्ष बन्ने चर्चा चल्यो । 

यसबीचमा प्रकाण्डले दिपेन्द्रलाई अध्यक्ष बनाउने त्योबाहेक सबै पदमा आफ्नो गुटका सदस्यहरु राख्ने बताएपछि दिपेन्द्र सहमत भएनन् । वैशाख १५, १६ र १७ को पत्रकार संगठनको भेलाले नयाँ नेतृत्व चयन गर्न नसकेपछि ५१ सदस्यीय केन्द्रीय समिति मात्रै चयन भएको थियो । 

Global Ime bank

पछि पार्टीको स्थायी समितिको वैठकले प्रकाश डुम्रे अध्यक्ष, दिल्ली राउत उपाध्यक्ष, हिम विष्ट महासचिव रहेको नयाँ समिति चयन ग¥यो । 

तर त्यो समितिका ५१ मध्ये उपाध्यक्षसहित ४२ जनाले नयाँ समिति अस्वीकार गरे । पत्रकार संगठनमा प्रकाण्ड हावी हुन खोज्दा अहिले विवाद चुलिँदै गएको छ । पछि पार्टी अनुशासन नमानेको, सूचना चुहाएको आरोप लगाउँदै प्रभात चलाउने, जन्मदेव जैसी लगायतलाई पार्टीको सदस्य समेत नरहने गरी निस्कान गरिएको थियो ।

विज्ञप्ति १ 
\"\"

तर वास्तविकता विप्लवसँग नपुगेको पीडितहरु बताउँदै आएका छन् । 

विद्यार्थी संगठनमा त्यस्तै 
विद्यार्थी संगठन अखिल क्रान्तिकारीभित्र पनि गुटफूटकै आगो सल्केको छ । तत्कालीन समयमा अखिल क्रान्तिकारीको अध्यक्ष पूर्ण सिंह, उपाध्यक्ष लालबहादुर तामाङ, महासचिव दिपेन्द्र चलाउने थिए । तर पार्टी केन्द्रीय समितिले विद्यार्थी संगठनमा ३० वर्षे उमेरहदको प्रस्ताव पारित गर्यो । ३० वर्षे उमेरहद खासमा महासचिव रहेका दिपेन्द्र चलाउनलेलाई अध्यक्ष बन्नबाट रोक्नका लागि प्रकाण्डले रचेको चाल भएको नेताहरु बताउँछन् । 

०७४ चैतमा क्रान्तिकारीको दाङमा राष्ट्रिय सम्मेलन भयो । सम्मेलनको उद्घाटनको बेला दिपेन्द्र महानगरीय प्रहरी वृत कमलपोखरीको हिरासतमा थिए । उनी बन्दसत्रको बेला छुटे । 

सम्मेलनले चिरञ्जीवी ढकालको अध्यक्षतामा नयाँ केन्द्रीय समिति बनायो । जबकी चिरञ्जीवी ३१ लाग्न १५ दिन मात्रै बाँकी भएको एक नेताले बताए । यस्तोमा १५ दिनका लागि मात्रै किन अध्यक्ष बनाइयो भन्ने पार्टीभित्र आरोप प्रत्यारोप चलेको छ । त्यसपछि पनि उपाध्यक्ष रुद्र भट्टराई (३२) महासचिव प्रकाश शाही (३१) सचिव सन्तोसी भट्टराई (३१) भए । कोषाध्यक्षमा प्रकाण्डकै छोरा नरेन्द्र विक चयन भए । तर ७८ जनाको केन्द्रीय समितिमध्येबाट ६८ जनाले त्यसको विरोध गरे । ३० वर्षे उमेरहदलाई मान्दा २७ वर्षीया सुनिता वम अध्यक्ष हुनुपर्ने माग असन्तुष्ट पक्षको छ । विद्यार्थीको पदाधिकारीमा प्रकाण्डकै दवदवा भयो । पार्टीले ३० वर्षे उमेर हदबन्दी लगाएपनि त्यो कार्यान्वयन भने भएन् । 

स्वास्थ्यकर्मीमा समानान्तर कमिटी गठन
गत मंसिर १० गते विप्लवको नेकपा निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको केन्द्रीय भेलाले प्रमोद योगीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्यो । प्रमोदले तत्कालीन माओवादी युद्धमा ६ जना आफन्त गुमाएका छन् ।  योगी विप्लव नजिक मानिन्छन् । भेलामा पोलिटव्युरो सदस्य मोहन कार्की ‘जिवन्त’ सहभागी थिए । तर त्यही दिन अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको अर्को केन्द्रीय भेलाले टीका कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्यो । 

कँडेल नेतृत्वको समितिमा विप्लवका छोरा प्रकाश चन्दलाई महासचिव बनाइएयो । दुवै भेलामा प्रमुख अतिथी पोलिटव्युरो सदस्य मोहन कार्की ‘जिवन्त’ सहभागी भए । टिका कँडेल प्रकाण्ड निकट मानिन्छन् । 

(यस्तो छ योगी अध्यक्ष चयन भएको माइन्युट)

\"\"

\"\"

\"\"

नेकपाका नेता–कार्यकर्ता कडेल धेरै अमेरिकामा बस्दै आएको आरोप लगाउँछन् ।

विप्लवसँग हुँदैन सम्पर्क

नेता–कार्यकर्ताका अनुसार आफ्ना गुनासा राख्न विप्लवसँग आम नेता–कार्यकर्ताको भेट सम्भव हुँदैन् ।  केन्द्रीय समितिमा रहेकाहरुले पनि विप्लव कहाँ छन् भन्ने जानकारी नपाएको नेताहरु बताउँछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ९, २०७५  ०८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement