देश
काठमाडौं । नेपालमा मंगलबार दुईवटा भूकम्पको धक्का महसुस भएको छ । बिहान साढे ११ बजे काठमाडौंको थापाथली केन्द्र गरेर ३ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको थियो । राजधानीमै केन्द्र भएका कारण सानै भूकम्प भएपनि झड्का महसुस गरिएको थियो ।
यसैगरी अपरान्ह ४ बजेर ४५ मिनेट जाँदा भोजपुर केन्द्र गरेर ४ दशमलब ३ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
स्थानीय बासिन्दाले भूकम्पको महसुस भएको जनाएका छन् । तर, क्षतिको कुनै विवरण नआएको स्थानीय प्रहरीले जनाएको छ । गएको आइतबार चीनको जीयाजुइदिबुमा ५ दशमलब २ म्याग्निुच्युडको भूकम्प गएको थियो । चीनसँग सीमा जोडिएको नेपालको भूभागका बासिन्दाले हल्का रुपमा धक्का महसुस गरेको जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, माघ ९, २०७५ ०८:४४
प्रतिक्रिया दिनुहोस्