site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चार महिनामा ५५८ नेपाली ‘डिपोर्ट’, तेस्रो मुलुक जान लागेका एक हजार ८७७ जनालाई नेपालले रोक्यो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा विभिन्न देशले ५ सय ५८ नेपालीलाई डिपोर्ट (फिर्ता) गरेका छन् । जापान, अमेरिका, मलेशिया, कतार, साउदी अरब लगायतका देश पुगेका उनीहरुलाई त्यहाँको अध्यागमनले ‘डिपोर्ट’ गरेको हो ।

“चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा विभिन्न मुलुकबाट नेपालमा फर्काइएका नेपाली नागरिकहरुको संख्या ५ सय ५८ रहेको छ,” अध्यागमन विभागको पहिलो चौमासिक प्रतिवेदनमा उल्लेख छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अध्यागमन विभागको तथ्याङ्कअनुसार गत साउन, भदौ, असोज र कात्तिक महिना ती देशले ५ सय ५८ नेपालीलाई ‘डिपोर्ट’ गरेका हुन् । साउनमा १ सय ३१, भदौमा १ सय ७७, असोजमा १ सय ५८ र कात्तिक महिनामा ९२ नेपालीलाई विभिन्न देशले डिपोर्ट गरेको छ । 

जापानले ओभरस्टे (भिसा समय भन्दा बढी बसेको) गरेको, जापानमा बस्ने मनासय देखिएको, स्पोन्सर राम्रो नभएको भन्दै नेपालीलाई डिपोर्ट गरेको छ । मलेसियाले भने ‘मलेसिया, इम्मी सेक्सन ८ (३) एक्ट १९५९ अनुसार’ त्यहाँ पुगेका केही नेपालीलाई ‘डिपोर्ट’ गरिएको जानकारी नेपालको अध्यागमनलाई दिएको छ । 

Global Ime bank

कतार र साउदी अरबले बिदामा आएर समयमा फर्कि नजाने कामदारलाई कालोसूचीमा राखी फर्काएको अध्यागमनको प्रतिवेदनमा जनाइएको छ । केही देशले भने भ्रमण गर्ने ठाउँको अस्पष्टता, अवैध तरिकाले बसोबास, अनअराइभल भिसा दिन इन्कार गरका कारण डिपोर्ट गर्नुपछिको कारण उल्लेख गरेका छन् । 

यस्तै, यही अवधिमा नेपालको अध्यागमनले एक हजार ८ सय ७७ जनालाई नेपालहुँदै अन्य देश जानबाट रोकेको छ । अध्यागमनले साउनमा ४ सय ६२, भदौमा ३ सय ९२, असोजमा ५ सय ९० र कात्तिक महिनामा ४ सय ३३ जनालाई प्रस्थान अनुमति दिन नसकिएको जनाएको छ । 

यात्रासँग सम्बन्धित कागजात शंकास्पद देखिएको, भ्रमणको उद्देश्य स्पष्ट नभएको, गन्तव्य मुलुकको भिसा नभएको, दूतावासको प्रमाणित कागजात नभएको, दिल्ली जान लागेको भनी कागजात पेश भएकोमा अनुसन्धानको क्रममा तेस्रो मुलुक जाने देखिएको, तोकिएअनुसार विदेशी मुद्रा नभएको, होटल बुकिङ्ग तथा बस्ने स्थानको जानकारी नभएको कारण प्रस्थान अनुमति दिन नसकिएको प्रतिवेदनमा उल्लेख छ । 

अध्ययनको लागि जाने भनेकोमा सोसँग सम्बन्धित कागजात नहुँदा र शिक्षा मन्त्रालयको नो अब्जेक्सन लेटर नहुँदा पनि कतिपयलाई प्रस्थान अनुमति निदइएको जनाइएको छ ।  पहिलो पटक नेपाल हुँदै तेस्रो मुलुक जान आएका भारतीय नागरिकको हकमा भारतीय दूतावासको नो अब्जेक्सन लेटर नहुँदा प्रस्थान अनुमति नदिइएको प्रतिवेदनमा उल्लेख छ । 
 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ९, २०७५  ०९:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC