site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
दोस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई ५ विकेटले हरायो 
Sarbottam CementSarbottam Cement

एजेन्सी  । रासीइ भान डेर डुसेन र एन्डिक फेलुकवायोको अर्धशतकप्रेरित दक्षिण अफ्रिकाले मंगलबार राति पाकिस्तानविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट ५ विकेटले जितेको छ ।

डुर्बानस्थित किङ्समेड रंगशालामा दक्षिण अफ्रिकाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङका लागि निम्त्याइएको पाकिस्तानले ४५.५ ओभरमा सबै विकेट गुमाएर २ सय ३ रन बनाएको थियो । २०४ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो  ।

Prabhu Bank
Agni Group
NIC Asia

जितसँगै दक्षिण अफ्रिकाले पाकिस्तानविरुद्धको पाँच खेलको एकदिवसीय अन्तर्राष्ट्रिय  शृङ्खला १-१ को बराबरी गरेको छ । पहिलो खेलमा पाकिस्तान ५ विकेटले विजयी भएको थियो  । 

अलराउण्ड प्रदर्शन गरेका दक्षिण अफ्रिकाका फेलुकवायोले ४ विकेट तथा तब्राइज शाम्सिले ३ विकेट लिएपछि पाकिस्तानका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । हसन अलीले बनाएको ५९ रन नै पाकिस्तानको इनिङमा बनेको सबैभन्दा ठूलो स्कोर हो । अलिबाहेक कप्तान सरफराज अहमेदले ४१ रन जोडे । फकर जमानले २६ र शोएब मलिकले २१ रन जोडे । 

Global Ime bank

दक्षिण अफ्रिकाका फेलुकवायो र शाम्सीबाहेक कागीसो राबडाले २ विकेट लिए । डुवाने ओलिभरको नाममा १ विकेट रह्यो । 

२ सय ४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले शुरूमै तीन विकेट गुमाए पनि भान डेर डुसेन र डेबिड मिलरले घरेलु टोलीको इनिङ उकासे । मिलर ३१ रन बनाएर पवेलियन फर्किएपछि भान डेर डुसेन र फेलुकवायोले छैटौँ विकेटका लागि १ सय २४ रनको साझेदारी गर्दै दक्षिण अफ्रिकालाई ५ विकेटको जित दिलाए । भान डेर डुसेनले अविजित ८० रन बनाउदा तथा फेलुकवायोले ६९ रनमा अविजित रहे ।

पाकिस्तानका साहिन साह अफ्रिदीले ३ तथा साडव खानले २ विकेट लिए । दुई टोलीबीचको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल शुक्रबार हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ९, २०७५  ०९:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC