site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्रम्पले दुई वर्षमा ८,१५८ वटा भ्रामक कुरा गरेको रेकर्ड
Sarbottam CementSarbottam Cement

वाशिङटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि दुई वर्षको अवधीमा ८ हजार १ सय ५८ वटा गलत दाबी वा भ्रामक कुरा गरेको वाशिङटन पोष्टले जनाएको छ । 

द फ्याक्ट चेकर्स डेटावेसको विश्लेषणका क्रममा राष्ट्रपतिको अभिव्यक्तिबाट त्यस्तो कुरा देखिएको जनाइएको छ । राष्ट्रपतिको दोस्रो वर्षको कार्यकालमा नै ६ हजार भन्दा बढी यस्ता दाबी देखिएको समाचारमा जनाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपतिले पहिलो वर्ष ५ दशमलब ९ प्रतिशत दैनिक गलत दाबी वा भ्रामक कुरा गरेको तर दोस्रो वर्षमा यो बढेर १६ दशमलब ५ प्रतिशत पुगेको समाचारमा जनाइएको छ । 

पहिलाको तुलनामा यसको मात्रा झण्डै तीन गुणा भएको वाशिङटन पोष्टले जनाएको छ ।  राष्ट्रपतिको पहिलो १ सय दिनलाई अध्ययन गर्ने क्रममा यो परियोजना शुरु भएको जनाउँदै समाचारमा पाठकहरुले ट्रम्पको कार्यकालभरीको विवरण राख्न आग्रह गरेको जनाइएको छ । वाशिङटनपोष्टको ग्राफिक विभागका लेस्ली शापिरोको मद्धतबाट आफूहरुले यो इन्टरएक्टिभ ग्राफिकको प्रबन्ध गरेको जनाउँदै यसले ट्रम्पले गरेका हरेक भ्रामक कुराको रेकर्ड राख्ने जनाइएको छ । 
जोसुकैले पनि यसको मासिक वा दैनिक विवरण प्राप्त गर्न सक्ने बताइएको छ  । 

Global Ime bank

पहिलो १ सय दिनमा राष्ट्रपतिले आधार नभएका ४९२ वटा कुरा गरेको समाचारमा जनाइएको छ । 

उनले त्यतिबेलाको संख्यालाई सन् २०१९को तीन साताको अवधीमा नै जितिसकेको रेकर्डमा उल्लेख छ । गएको अक्टोबरमा मध्यावधी निर्वाचनको बेलामा मात्रै राष्ट्रपतिले १२०० गलत दाबी गरेको समाचारमा जनाइएको छ  । उनको सबैभन्दा बढी गलत दाबी अध्ययगमन सम्बन्धी विषयमा रहेको समाचारमा जनाइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ९, २०७५  ०९:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC